कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ ।हरेक वर्ष बर्दियातर्फ भत्कँदै गएको नदीको भँगालो छिर्ने बर्दियातर्फ छिर्ने जोखिम बढेको छ । बर्दियातर्फ नदीको भँगालो पसेमा टीकापुर