काठमाडौं : नेपालले आगामी एक वर्षका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समिति अध्यक्षका रूपमा काम गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस सत्रदेखि नेपालले क्षेत्रीय समितिको अध्यक्षका रूपमा काम गर्ने जानकारी दिए। सोमबारदेखि भदौ २५ गतेसम्म संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४ औं सत्रको बैठक काठमाडौंमा हुन थालेको छ। बैठकमा समितिका दक्षिण पूर्वी एसियाका ११ सदस्य राष