गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्न प्राविधिक समिति गठन

काठमाडौँ,१२ साउन । नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा प्राविधिक समिति गठन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीका अनुसार सहरी विकास मन्त्रालयका सहसचिव प्रकृर्ण तुलाधरको […]

सम्बन्धित सामग्री

५४ करोड खर्च गरिएकाे गौतमबुद्ध रङ्गशाला अलपत्र : चौरमा झाडी, फलाममा खिया

चितवन - चितवनमा निर्माणको चरणमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको छ । रङ्गशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सङ्कटका कारण काम गर्न नसकेको बताउँदै निर्माणबाट अलग भएपछि रङ्गशाला अलपत्र बनेको हो । जिल्लाको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अलपत्र अवस्थामा पुगेको ११ महिना भएको छ । अलपत्र अवस्थामा पुग्दा बनेको संरचना पनि बिग्रन थालेका छन् ।  हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना ...

क्रिकेट रङ्गशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

युवा तथा खेलकुदमन्त्री महेश्वर जङ्ग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाउनुभएको छ । भरतपुर महानगरपालिकाले आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका सम्बन्धमा अन्तक्र्रिया कार्यक्रममा उहाँले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताउनुभएको हो । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रङ्गशाला नभएको भन्दै उहाँले सबै हिसाबले …

कोरियाबाट गौतमबुद्ध क्रिकेट रङ्गशालालाई साढे चार लाख सहयोग

सियोल। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन कोरियाबाट सहयोग आएको छ। वैदेशिक रोजगारीका क्रममा कोरिया गएका नेपालीले ४ लाख ५२ हजार रूपैयाँ सहयोग गरेका हुन्। यहाँका नेपालीले ‘एक घण्टाको कमाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई’ भन्ने अभियान सञ्चालन गरेर धुर्मुस-सुन्तली फाउन्डेशनलाई उक्त रकम सहयोग गरेका हुन्।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणबारे उपप्रधानमन्त्रीको चासो

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका अभियानकर्मीसँग भेटेर आज सोबारे जानकारी लिएका छन् ।

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ