नेपाली कांग्रेसले पार्टीका काम कारबाही छरितो बनाउन केन्द्रीय कार्य सम्पादन समिति गठन गर्ने तयारी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज शुक्रबारका लागि भर्चुअल माध्यमबाट बस्नेगरी डाकेको केन्द्रीय समिति बैठकबाट पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठनको तयारी गरेका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेको जानकारी दिए ।
‘पार्टीका काम कारबाही छिटोछरितो र नियमित गर्न केन्द्रीय कार्यसम्पादन समितिको वैधानिक व्यवस्था छ, कार्यसम्पादन समितिमार्फत क...