काठमाडौं : साताको दोस्रो दिन कारोबारमा नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ।पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार १.५५ अंकले बढेर २ हजार ५४४.९३ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४१ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक र फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ।सोमबार कारोबारमा आएका २३० कम्पनीको ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०२ रुपैयाँको सेयर किनबेच भएको छ।नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको