जापानी जनतालाई अनावश्यक बत्ती नबाल्न आग्रह

टोक्यो । जापान सरकारले सोमबार राजधानी टोक्यो र त्यस वरपरका बासिन्दालाई कम बिजुली खपत गर्न आह्वान गरेको छ । साथै, सरकारले मुलुकमा तापलहर चल्नेबेला विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाएको छ ।  जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले सोमबार अपरान्ह विद्युत्को माग अत्यधिक हुने आशा गरेको छ । मन्त्रालयले जनताले अनावश्यक...

सम्बन्धित सामग्री

अनावश्यक बत्ती नबाल्न जनतालाई जापान सरकारकाे आग्रह

काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली खपत गर्न आग्रह गरिएको हो । जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले जनताले अनावश्यक बत्ती निभाउनु राम्रो हुने जनाएकाे छ । तर अत्यधिक गर्मीबाट बच्नका […]

पाँच वर्षमा मेयरले के गर्न सक्छ ?

नगरपालिका तथा महानगरपालिकाका प्रमुख अर्थात् मेयरले आफूले पाएको अधिकार प्रयोग गरी पालिकाको मुहार फेर्नुपर्ने हो । संवैधानिक अधिकार सम्पन्न मेयरले किन काम गर्न सकेनन् ? केही कमजोरी पक्कै छ । जनताले तिरेको करबाट शक्तिसम्पन्न बनेका तर जनताका लागि काम गर्न नसक्ने व्यक्तिको विकल्प अब खोज्नुपर्छ । जनतालाई दु:खी बनाउने पहिलो कारण हो– झूटा आश्वासन र वाचा । मेयरसँग झूटा आश्वासनभन्दा पनि आफ्ना रणनीति कार्यान्वयन गर्ने स्पष्ट दृष्टिकोणसहितको खाका हुनुपर्छ । मेयर पालिकाको कार्यकारी प्रमुख हो र उसले आफ्नो अधिकार प्रयोग गरेर अनुभवी, युवायुवती, महिला–पुरूष, जातजाति विभिन्न पेशा व्यवसाय गरेकालाई जोड्न सक्नुपर्छ र पालिकालाई नमूना बनाउन सक्नुपर्छ । नागरिकका प्रत्यक्ष सरोकारको कामबाहेकका क्षेत्रमा खर्च गर्नु जनताबाट संकलित करको अपचलन हो । यो विषयलाई गम्भीरतापूर्वक नलिने नगरप्रमुख तटस्थ, इमानदार र कार्य क्षमताले भरिपूर्ण मान्न सकिँदैन । नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने स्वास्थ्य नीतिहरू कार्यान्वयन र व्यवस्थापन गर्न जिम्मेवार अधिकारीहरू र एजेन्सीहरूको ध्यान खिच्न सक्नुपर्छ । स्वास्थ्य नीति निर्माणका लागि जनस्वास्थ्यविज्ञलाई यथार्थपरक अनुसन्धान र मूल्यांकन गर्न उत्प्रेरित गर्न र त्यसअनुरूपको रायलाई कार्यान्वयन गर्न तदारुकता देखाउन सक्नुपर्छ । भूमण्डलीकृत समयमा सन्तुलित शिक्षा दिन नसक्दा विद्यार्थीको भविष्य त डामाडोल हुन्छ नै देशले पनि गुणस्तरीय जनशक्ति पाउँदैन । संविधानले विद्यालय खोल्नेदेखि पाठ्यपुस्तक बनाउनसम्मका अधिकार पालिकालाई सुम्पिएको छ । तर, शिक्षाक्षेत्रप्रति जनप्रतिनिधिको उदासीनता स्पष्टै देखिन्छ । जबसम्म गम्भीर भएर शैक्षिक गुणस्तर सुधारमा जनप्रतिनिधि लाग्दैनन् तबसम्म बेरोजगार शिक्षित जनशक्तिबाहेक अरू केही निस्किँदैन । न उसले विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्छ, न देशमै उद्योग खोलेर रोजगारी सृजना गर्न सक्छ । संविधानले पालिकालाई उत्पादन वृद्धि, रोजगारी सृजना, न्यायपूर्ण वितरणका जिम्मेवारी पनि सुम्पिएको छ । एउटा सक्षम मेयरले स्वरोजगार र साना तथा मझौला व्यवसायको उत्थानका लागि विभिन्न रचनात्मक प्रक्रियाबाट आफ्नो क्षमता प्रदर्शन गर्न सक्छ । स्थानीय लगानीकर्ताको समूह खडा गरी व्यवसायमा लगानी बढाउन सक्छ । जानेकाले सिकाउने र सिकेकाले नेपालभर छरिएर व्यवसाय चलाउने तथा घरेलु सामान, कृषि उत्पादन र बजार प्रवर्द्धन गर्ने उपाय निकाल्न सक्छन् । मेयरले शहरको साहित्यिक/पौराणिक, पुरातात्त्विक सम्पदा र ऐतिहासिक धरोहर, जात्रा, गुठी, नाच, पर्व आदिलाई जोगाउनु आफ्नो कर्तव्य ठान्नु पर्दछ । मेयरले तत्काल गर्न सक्ने काम प्राय: नेताहरूको साझा समस्या हो, वाचा गर्ने तर काम पूरा नगर्ने । ५ वर्षको कार्यकालमा जननिर्वाचित प्रतिनिधिमा पनि यो समस्या दोहोरियो । काठमाडौंका मेयरको मोनोरेलको सपनालाई उदाहरणका रूपमा लिन सकिन्छ । सबैभन्दा पहिले मेयरले कार्यान्वयन नै हुन नसक्ने आश्वासन दिन बन्द गर्नुपर्छ । पालिकाको काममा अलमल नहुने गरी आफ्ना कार्ययोजना नागरिकसामु खुलस्त पार्दै उल्टो दिशामा गइरहेका नीतिनियमलाई ट्र्याकमा ल्याउने काम गर्नुपर्छ । ठूला निर्णय पारदर्शी बनाउनुपर्छ । दलको दबाबमा दलनिकट व्यक्ति, संस्थालाई शीर्षक मिलाई खर्च दिएर करको दुरुपयोग गर्ने तरीका बन्द गर्नुपर्छ । विकास बजेट उपयुक्त तबरले खर्चिन सक्ने प्रणालीको विकास गर्न सकिन्छ । करको दायरा बढाउने र करको दर घटाउने उपाय खोज्नुपर्छ । साथै, समयमै बजेट खर्चको फछ्र्योट र पारदर्शिता बढाउँदै लैजानुपर्छ, विद्युतीय प्रणालीमा व्यापकता ल्याउन सकिन्छ । फोहोर व्यवस्थापनका संरचना निर्माणको थालनी गर्दै, सडक, बत्ती र ढलको अवस्थाको घुम्ती टोलीमार्फत निरीक्षण गरेर आवश्यकता अनुरूप मर्मतसम्भार गर्न सकिन्छ । सडक, विद्युत् र खानेपानीसम्बन्धी काम गर्दा अन्तरमन्त्रालय समन्वय नभएको देखिन्छ । यसका लागि सम्बद्ध मन्त्रालयको योजनासँग समन्वय गरी काममा हुँदा व्यवधान हटाउन सहज हुन्छ । अनुगमन समिति बनाएर मापदण्डविपरीतका गतिविधि नियन्त्रण गर्नुपर्छ । यसरी निर्माण मापदण्ड, घरभाडा, मासु/खाद्य पदार्थ, जनसुरक्षा, यातायातलगायतमा देखिएका समस्या हटाउन सकिन्छ । सडक चौपायाको व्यवस्थापन गर्न मेयरले कान्जी हाउस सञ्चालन, भ्याक्सिन र वन्ध्याकरण र विज्ञद्वारा दिइएका योजनालाई कार्यान्वयनमा लैजानुपर्छ । वैदेशिक रोजगारीको विकल्प देशभित्रै निकाल्ने न्यूनतम सुविधा भएको स्टार्ट अप सपोर्ट सेन्टर बनाउँदै कृषि, सेवाक्षेत्र, निर्माणक्षेत्र, कम्प्युटर सफ्टवेयर र अन्य स्वरोजगारका साना तथा मझौला उद्योगहरूमार्फत युवाका लागि रोजगारीको अवसर खोज्न सकिन्छ । पुराताŒिवक महŒवलाई बिगार्ने गरी कुनै पनि संरचना नबनाउने संकल्प प्रस्ताव पारित गर्ने र ‘पब्लिक अडिट’ र आवाज सम्मान गरिने प्रणालीको संरचना तयार गरी प्रयोगमा ल्याउन सकिन्छ । ज्ञान व्यवस्थापनको विधा प्रयोग गरी लोपोन्मुख भाषा, साहित्य, लोकसंस्कृति, हस्तकलाका ज्ञान आदिलाई जीवन्त बनाउन प्रयास गर्नुपर्छ । हप अन हप अफ बस सेवा, महिला र विद्यार्थीका लागि ‘गुलाबी बस सेवा’, मध्यम वर्गका लागि नक्सा पास गरिएका बस्ने घरको नक्साका नमूना छानेर नि:शुल्क उपलब्ध गराउन सकिन्छ । पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । पार्किङस्थल बढाउन ठाउँठाउँमा भर्टिकल पार्किङ टावरहरू स्थापित गर्न सकिन्छ । शहरको भित्री क्षेत्रमा सकेसम्म पैदल यात्रा र यातायात पार्किङ र विशेष पासको व्यवस्था गर्न सकिन्छ । आफ्नै सभा–हल प्रयोगमा ल्याउने, डिजिटल प्रविधियुक्त विश्वस्तरको सुविधा सम्पन्न एकै पटकमा धेरै समूह छलफल गर्न सकिने गरी बनाउने/थप्ने तर पाँचतारे होटेलमा हुने गरेका खर्चिला सभासम्मेलन रोक्ने गरेर स्रोतको सही परिचालन गर्न सकिन्छ । ५ वर्षभित्र गर्न सकिने काम शिक्षाको गुणस्तरमा व्यापक सुधार गर्न शिक्षक, पुस्तक, व्यावहारिक ज्ञान र पूर्वाधार सबैमा एकैपटक ध्यान दिने र कम्तीमा १० ओटा माध्यमिक विद्यालय छानेर नमूना स्कूल बनाउन सकिन्छ । शैक्षिक योग्यता, विज्ञता र अनुभवका आधारमा एउटा कामकाजी परियोजना बनाई रूपान्तरणको प्रक्रिया अघि बढाउन सकिन्छ । पहिलो वर्ष वारुण यन्त्रहरू कम्तीमा चार ठाउँमा र ५ वर्षसम्ममा १० ठाउँमा पुर्‍याउने, जमीनमुनि पानी रिचार्ज गर्ने र वर्षायामको पानी संकलन गर्ने, यससम्बन्धी विज्ञ पहिचान गरी काम अघि बढाउने, मासिन पुगेका सबै ऐतिहासिक संरचनालाई जस्ताको तस्तै पुन:स्थापना गर्ने काम गर्न सकिन्छ । लेखक नेपाल स्वीस च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन् ।

सोलार मिनी ग्रिड स्थापना

जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनी ग्रिड स्थापना गरेको छ । चार सय १७ घरधुरीलाई पुग्ने गरी उक्त मिनी ग्रिड स्थापना गरिएको कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए । बुवार सिंहले सो मिनी ग्रिडको उद्घाटन गर्दै ठाउँ अनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ,’ उनले भने । सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायत गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि आफूहरू उत्साहित भएको स्थानीय खड्कविक्रम शाहीले बताए । गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउने उद्देश्यसहित काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए । कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए । नलगाड जलविद्युत् आयोजना ४१७ मेगावाटको निर्माणका लागि बाँधस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए । कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण थालिएको उनले बताए । रासस

जाजरकोटमा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना

फागुन १९, जाजरकोट । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले बारेकोट गाउँपालिका–५ तोलखानामा १७० किलोवाट क्षमताको सोलार मिनिग्रिड स्थापना गरेको छ ।  ४१७ घरधुरीलाई पुग्ने गरी उक्त मिनिग्रिड स्थापना गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । विद्युत्को पहुँच नपुगेको उक्त गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाई बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए ।  बुधवार सिंहले सो मिनिग्रिडको उद्घाटन गर्दै ठाउँअनुसार यस्ता खालका योजना अगाडि बढाइने बताए । उनले भने, ‘बत्ती बाल्ने मात्र नभई कुटानीपिसानीको कामसमेत यही पावरबाट हुनेछ, तपाइँको दुःख नै हाम्रो दुःख हो, हामी दुःखसुखका साथी पनि भएको भरोसा दिलाउन चाहान्छु ।’ सदरमुकामबाट ७२ किलोमिटर उत्तर पूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखालगायतका गाउँमा सोलारबाट विद्युतीकरण हुन लागेपछि स्थानीयवासी खुसी भएका खड्कविक्रम शाहीले बताए ।  गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै जनतालाई उज्यालो पुर्‍याउनका लागि काम गरिरहेको बताए । तीन तहकै सरकारसँग सहकार्य गर्दै विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले जानकारी दिए ।  कर्णालीका १० जिल्लामा विद्युतीकरण र साना लद्युजलविद्युत् आयोजनाको अवस्थाका बारेमा हप्ता दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएका मन्त्री सिंहले कर्णालीमा विद्युत्को समस्या भारी भएको भन्दै समाधानको बाटो खोजिने बताए ।  नलगाड जलविद्युत् आयोजना ४१७ मेघावाटको निर्माणका लागि ड्यामस्थल रहेको बारेकोटमा मन्त्री सिंहले तत्काललाई सबैलाई अँध्यारोबाट मुक्त गराउन यो पहल गरिएको बताए ।  कम लगानीमा तत्काल निर्माण गरी प्रतिफल लिन सकिने योजनासमेत निर्माण कार्य थालिएको उनले बताए । रासस

खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेले जनतालाई भ्रममा राख्न खोजेको आरोप लगाएका छन् । उनले एमालेको विधान महाधिवेशनलाई निभ्ने बेलाको बत्तीको संज्ञा दिएका हुन् ।

ताजा जनादेश सार्वभौम अधिकार

गत निर्वाचनको जनादेशअनुरूप काम गर्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जान बाध्य भएको जिकिर गर्दै प्रतिनिधिसभा विघटन गरेपछि यस कदमलाई प्रतिगमन र अधिनायकवादको बिल्ला भिराउँदै एउटा तप्का आन्दोलनको रोटी सेक्न उद्यत छ । चुनावमा बत्ती निभाएर मतपेटिका साटी विजयी भएका तथा दुई–दुई ठाउँबाट चुनाव हारेर पनि प्रधानमन्त्री भएका व्यक्तिहरूकै स्वार्र्थ यात्राको भोक मेट्न यो आन्दोलन चलेको कुरा ‘ओपन सेक्रेट’जस्तै छ । ‘आन्दोलनलाई अलि आक्रामक बनाउनुप¥यो, ‘ननभेज’ आन्दोलन नभई हुँदैन’ जस्ता उत्तेजक अभिव्यक्ति स्वयम् पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुखबाट निस्कनुले देशलाई पुनः हिंसातर्फ धकेल्ने खतरा बढेको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको नेपाली वृहत् शब्दकोशमा प्रतिगमनको अर्थ नियाल्दा ‘पछिल्तिर फर्कने काम, फर्काइ, फिर्ती, प्रत्यागमन’ लेखिएको छ । यिनै अर्थसँग प्रतिनिधिसभाको विघटन र ताजा जनादेशमा जाने कदमलाई दाँज्दा कहीँ पनि मेल खाएको देखिँदैन । पहिलो, प्रतिनिधिसभा विघटन पछाडि फर्कनका लागि होइन, अघि बढ्नका लागि चालिएको कदम हो । अर्थात् ताजा जनादेश पुरानो जनादेशभन्दा एक कदम अगाडि बढ्ने कुरा हो, पछाडि फर्कने कुरा होइन । नेपालको संविधानले नै जनतालाई सार्वभौमसत्ता सम्पन्न भनेको हुँदा उनै जनताकोमा नयाँ जनादेश लिन जाने कुरा प्रतिगमन हुन सक्दैन । जसरी एकपटक पुस्तक छापिएपछि त्यसमा पाठकका प्रतिक्रिया समावेश गरेर नयाँ संस्करण छाप्नुलाई एक कदम अगाडि बढेको ठानिन्छ । त्यसैगरी, पुरानो जनादेशको थप परीक्षणका लागि नयाँ जनादेशमा जाने बाध्यात्मक कदम नयाँ संस्करणको पुस्तक पाठकको मागबमोजिम छापिएजस्तै हो ।

जनताको मन जित्दै झापा गाउँपालिका

झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै काम भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् । तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उहाँले जनताको आवश्यकताअनुसार गरेको बताउनुभयो । पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उहाँले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । दुवै संस्थाको ५०÷५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।”

कोरोना उपचार : पूर्वीय संस्कार र चिकित्सा कति उपयोगी?

डा अच्युतशाली घिमिरे चैत २३ गते आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले साँझ केहीबेर सबै जनतालाई घरघरमा बत्ती बाल्न आह्वान गरे। नेपालमा पनि साँझ ७ बजेर ७ मिनेटको समय उत्तम भएको...