काठमाडौंबाट भारतको राजधानी नयाँदिल्ली जानका लागि अब कोरानाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । यो सुविधा भने कोरोनाविरुद्धको प्राथमिक खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपालबाट भारतको दिल्ली र दुबई जान अब कोभिड–१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ । नेपाल एयरलायन्सले मंगलबार सूचना जारी गर्दै दुवई जाने यात्रुहरूले ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने जनाएको हो ।
तर उनीहरूले उडान अवधिभर ४८ घण्टा भित्र परीक्षण गर्दा नेगेटिभ भएको रिपोर्ट भने दुबई पुगेर...
नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा चाहिँ कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने उसले जनाएको छ । खोप नलगाएकालाई चाहिँ अनिवार्य पीसीआर रिपोर्ट पेश गर्नुपर्ने छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा […]
काठमाडौं, ४ फागुन । भारत प्रवेश गर्न आजबाट खोप लगाएका यात्रुले कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आएको देखाउन नपर्ने भएको छ । भारतले आजबाट यात्रा खुकुलो गर्दै यस्तो व्यवस्था गरेको हो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गरेको नयाँ यात्रा निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो । अब नेपालसहित ८२ मुलुकबाट भारत अहाउने यात्रुलाई […]
नेपालबाट दिल्ली आउँदा अब कोरोनाको आरटी–पीसीआर परीक्षण गराइराख्न नपर्ने भएको छ । तर, त्यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुको हकमा मात्र लागू हुने जनाइएको छ ।
१३ पुस, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्ने सबै यात्रुले भारत सरकारले लागू गरेको एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले मंगलबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । काठमाडौंबाट दिल्ली प्रस्थान गर्ने सबै यात्रुको साथमा ४८ घण्टा भित्रको आरटी–पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । उनीहरुले नेपाल […]
नयाँ दिल्ली । श्रीलङ्काले भारतसँगको सीमा नाका सर्तसहित खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समयदेखि बन्द गरिएको सीमा नाका अहिले खुल्ला गरिएको अधिकारीहरुले जनाएका छन् । खुल्ला गरिएको नाकाबाट पूर्ण खोप लगाएका र कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट भएका व्यक्तिहरुलाई मात्रै आवतजावत गर्न दिइने भएको छ । यात्रुले पीसीआर रिपोर्ट ७२ घण्टा भित्रको […]
यो साताबाट हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि दोहा तथा दिल्लीबाट काठमाडौं आउने उडान अवरुद्ध हुने देखिएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमको दिल्ली स्टेशनबाट ६ जना पीसीआर पोजिटिभ यात्रुहरुलाई यात्रा गराएको भनि प्रकाशित समाचार प्रति निगमको गम्भिर ध्यानाकषर्ण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ती जारी गर्दै नेपाल र भारतबिच एयर बब्बल सम्झौता अन्तर्गत दुवै देशबाट दैनिक एक/एक उडान हँुदै आएको जनाएको छ ।उक्त सम्झौतामा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट हुनुपर्ने उल्लेख भए बमोजिम पुस १५मा दिल्लीबाट काठमाडौं उडान गर्ने ६ जना यात्रुहरुमा अघिल्लो दिन काठमाडौंबाट जाँदा गरिएको ७२ घण्टा भित्रकै पीसीआर रिपोर्ट रह