दोहा र दिल्ली उडान अनिश्‍चित

यो साताबाट हवाई उडान खुला गरिएका मुलुकबाट नेपाल आउन यात्रुले अनिवार्य ‘बारकोड तथा फोटोसहितको पीसीआर रिपोर्ट (नेगेटिभ)’ ल्याउनुपर्ने मापदण्ड तय भएपछि दोहा तथा दिल्लीबाट काठमाडौं आउने उडान अवरुद्ध हुने देखिएको छ ।