तिहारमा घरलाई झिलिमिली बनाउन बत्ती किन्नेको भीड, आयात घट्दा पोहोरभन्दा महङ्गो

काठमाडौं: तिहार संघारमा बजार झिलिमिली बत्तीले सजिन थालेका छन्। दरबारमार्ग, न्यूरोड, असन लगायतका स्थानहरु बत्तीले झिलिमिली भएका छन्। लक्ष्मी पूजामा घरघरमा दियो र बत्ती बालेर लक्ष्मीको पूजा गर्ने गरिन्छ। त्यसैका लागि अहिले बजारमा तिहारका लागि भाइ मसलासहित लक्ष्मी पूजाका लागि बत्ती किन्नेको भीड लागेको छ। महाबौद्ध, असन लगायतका क्षेत्रका विद्युतीय उपकरण बिक्री…

सम्बन्धित सामग्री

तिहारमा पैँतालिस करोडको झिलिमिली बत्ती आयात

यो वर्षको तिहारमा बजारमा साढे ४५ करोड रुपियाँ बराबरको बिजुलीका झिलिमिली बत्ति आयात भएको छ । उज्यालोको पर्व तिहारमा झिलिमिली बत्तीको माग धेरै हुने हुँदा त्यति रकम बराबरको आयात भएको हो । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग हुने जनाएको छ ।

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात

काठमाडौँ- विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरूले गुनासो गरेका छन् ।  तिहारलाई उज्यालो पर्वको रूपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री, मखमली, गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ विशेष बनाउने गरिन्छ । केही वर्षदेखि तिहारमा सबैभन्द...

तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात (भिडिओ)

काठमाडौं । तिहारमा धेरै प्रयोग हुने झिलिमिली बत्तीको आयात यस वर्ष बढेको छ । यस वर्ष ४५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात भएको हो । गत वर्ष ३६ करोडको मात्रै आयात भएको थियो । पहिले माटोको दियो प्रयोग गरिन्थ्यो । हिजोआज विभिन्न खालका दियो, मालाबत्तीलगायत आधुनिक झिलिमिलीको प्रयोग बढेको छ । जसअनुसार वर्षेनी करोडौं रुपैयाँको […]

बजारमा तिहारको झिलिमिली बत्ती पाउनै मुस्किल, भाउ पनि बढ्यो

तिहारमा सबैभन्दा बढी खपत हुने बस्तु हो ‘झिलिमिली बत्ती’ । उज्यालो चाड समेत भनिने भएकाले सहर बजार र गाउँमा समेत अहिले झिलिमिली बत्तीको खपत बढ्दो छ । लोडसेडिङ हुन छोडेपछि विद्युत लाइन पुगेका बस्तीहरुमा पनि अहिले यस्तै खालका झिलिमिली बत्ती नै बालिन्छ । मैन बत्ती वा हातले बनाइएका बत्तीलाई तेलले भिजाएर बालिने प्रचलन क्रमशः हट्दै गएको छ । झिलिमिली बत्तीको मूल्य बढ्योझिलिमिली बत्तीको मूल्य गत वर्षको तुलानामा यसपाली १० प्रतिशतले बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघले झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेको जनाएको छ ।अमेरिकी डलरको मूल्य बढ्दा आयात गर्दा शुल्क पनि बढी तिर्नुपरेकाले मूल्य बढेको महासंघको दाबी छ । यस्तै, तातोपानी र रसुवागढी नाका पनि सहज रुपमा सञ्चालन हुन नसक्दा चीनबाट झिलिमिली बत्तीको आयात कम हुँदा पनि मूल्य बढेको हो । यससँगै, यस्ता बस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा अनिवार्य शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने भएकाले पनि झिलिमिली बत्तीको सहज आपूर्ति नहुँदा मूल्य बढेको महासंघका पदाधिकारीहरु बताउँछन् ।बजारमा अभावझिलिमिली बत्तीको उपलब्धता विगतका वर्षहरुको जस्तो सहज भने नरहेको महासंघ बताउँछ । विगतको माग बढेको तर, उपलब्धता भने कम रहेकाले सहजै पाउने अवस्था नरहेको व्यवसायीहरुले बताएका छन् । गत वर्ष ४० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात भएको थियो । यसवर्ष घटेर ३० करोड बराबरको मात्रै आयात हुने अनुमान महासंघले गरेको छ । कति रुपैयाँ बराबरको आयात भयो भन्ने तथ्यांक भने तिहार सकिएपछि मात्रै एकमुष्ट रुपमा थाहा हुने महासंघले जनाएको छ ।  नेपालमा झिलीमिली बत्तीको उत्पादन नहुने भएकाले झालर, माला बत्ती, बल्ब लगायतका सबै प्रकारका बत्तीहरु चीनबाट बढी मात्रामा आयात हुन्छ । यस्ता बत्तीहरु भारतबाट पनि थोरै मात्रामा आयात हुन्छन् । कुल आयातको ८० प्रतिशत खपत तिहारमानेपालमा बिजुलीजन्य बस्तु तथा बत्तीहरु आयात वर्षमा १ अर्ब बढीको हुन्छ । तर, यसमध्ये ८० प्रतिशत खपत भने तिहारको समयमा हुने गरेको व्यवसायीहरुले बताएका छन् । बाँकी २० प्रतिशत भने अरु चाडपर्व, मन्दिरमा हुने पूजाआजा, विवाह जस्ता समारोहमा खपत हुन्छन् । तिहारमा नेट झालर, इलेक्ट्रिक दियो, एलईडी लाइट, एलईडी फ्रेम लाइट, एलईडी डिस्को लाइट लगायतका बत्तीहरु धेरै मात्रामा बिक्रि हुन्छन् ।

जोगवनी नाकाबाट ७ करोड ५८ लाखको झिलिमिली बत्ती आयात

विराटनगर । जोगवनी नाकाबाट तिहार र छठ पर्वका लागि साढे ७ करोड मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार ७ करोड ५८ लाख ७७ हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको हो । भन्सार अधिकृत अमित तिवारीका अनुसार गतवर्ष अन्य नाका बन्द हुँदा यो नाकाबाट २४ करोड ७३ लाख ३४ हजार मूल्य बराबरका बत्ती भित्रिएको थियो । सजावटका लागि प्रयोग गरिने प्लास्टिक फूल र गोदावरी फूल आयातमा ६५ लाख ७६ हजार रुपैयाँ विदेशिएको छ । तिहारमा प्रयोग गरिने खाद्य सामग्री र बत्ती गरेर यस वर्ष १८ करोड ५ लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार कार्यालयका अनुसार ६४ लाख ६९ हजार मूल्यको २१ हजार ८ सय ८८ किलो प्लास्टिक फूल र १ लाख ७ हजार मूल्यको २ हजार ३ सय ८० किलो गोदावरी फूल तिहारका लागि आयात भएको छ । तिहारका लागि यो नाकाबाट यसपटक १ करोड २५ लाख २२ हजार मूल्यको १३ हजार २ सय ८४ किलो काजु आयात भएको छ । त्यसैगरी १९ लाख ८४ हजार मूल्यको १० हजार ५० केजी नरिवल, ५ करोड ९३ लाख मूल्यको ९५ हजार ५ सय ९७ किलो बदाम, १ करोड २२ लाख ३७ हजार मूल्यको ४० हजार २ सय ४० किलो ओखर, ६३ लाख ६८ हजार ६ सय मूल्यको पिस्ता र ओखर आयात भएको छ । भन्सारका अनुसार गतवर्ष तिहारका लागि यो नाकाबाट ओखर मात्र २३ करोड ९५ लाख ४० हजार मूल्यको आयात भएको थियो ।

तिहारमा १८ लाख ५० हजार मालाको माग, एउटाको मूल्य कति पर्ला ?

दशैँ पछिको दोस्रो ठूलो चाडका रुपमा लिईने तिहार नजिकिँदै छ । बत्ती र फूलको चाडका रुपमा लिईने यो पर्वमा बत्तीका लागि स्वदेशकै बिजुलीले झिलिमिली हुने भएपनि फूल भने भारतबाट आयात गर्नुपर्ने बाध्यता छ ।स्वदेशी उत्पादनले नधानेपछि यस वर्ष तिहारका लागि ५० हजार बढी सयपत्री फूलको माला आयात हुने भएको छ । यति धेरै मात्रामा फूल आयात गर्नुपर्ने अवस्था भने केही दिन अघिको बेमौसमी वर्षाले गराएको हो । नत्र, उक्त परिणाममा माला ल्याउनुपर्ने अवस्था रहँदैनथ्यो भन्छन् पुष्प व्यवसायीहरु ।स्वदेशी उत्पादन नबढेको र टिप्ने बेलाको फूल बेमौसमी वर्षाले नष्ट गरिदिएपछि भारतबाट ल्याउनैपर्ने बाध्यतामा व्यवसायीहरु पुगेका हुन् ।माग बढ्यो, उत्पादन घट्योप्रत्येक वर्ष फूलको माग २० प्रतिशतले बढ्दै गएको व्यवसायीहरुको तथ्यांक छ । गत वर्ष भारतबाटै २ लाख सयपत्रीका माला ल्याईएको थियो । कोरोनाका कारण तिहारमा खासै व्यापार नहुने अनुमान गरेर पुष्प खेती गर्ने उद्यमी तथा किसानहरुले यसवर्ष लगानी बढाएनन् । जसका कारण उत्पादन खुम्चियो ।फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङ फागुनदेखि साउनसम्म फूल लगाउने, रोप्ने, गोडमेल गर्ने समय भएपनि यो अवधिमा कोरोनाको जोखिम कारण लगानी गर्न नसकिएको र अहिले माग अनुसार उत्पादन नभएको बताउँछन् ।‘माग बढेको छ, उत्पादन घटेको छ’ उनी भन्छन्, ‘माग बढेपनि यसपाली हामीले भारतबाट अत्यन्तै थोरै माला मात्रै ल्याउँदैछौँ ।’गत वर्षको भन्दा उल्लासले यसवर्ष दशैँ मनाएको हुनाले तिहार पनि त्यस्तै उल्लासमय हुने देखिएको छ । तर, स्वदेशी उत्पादनले फूलको माग पूरा गर्न नसक्ने भएको हो । १८ लाख मालाको माग, मूल्य बढ्नेयस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग रहेको एसोसियनसल बताएको छ । योमध्ये १५ लाख ५० हजार सयपत्री र ३ लाख मखमली तथा गोदावरी फूलको मालाको माग छ ।व्यवसायीहरुले माग बढी र उत्पादन कम भएकाले मालाको मूल्य बढ्ने पनि बताएका छन् । १ मिटर सयपत्री फूलको मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म पर्नेछ । यसको २ वटासम्म माला बन्छ । तर, तयारी माला उपभोक्ताले खरिद गर्दा एउटाकै १२० रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ ।पुष्प व्यवसायमार्फत अहिले दैनिक ७० लाखको कारोबार हुने गरेको छ । वार्षिक ३ अर्ब बराबरको कारोबार हुँदै आएको पुष्प व्यवसाय अहिले फस्टाउँदै पनि छ । व्यावसायिक रूपमै १५७ हेक्टर क्षेत्रफलमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ ।