भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु भेटियो

भक्तपुरका दुई वटा कुखुरा फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर १०, चित्तपोलमा रहेका तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको  प्रमुख जिल्ला अधिकारी रुद्रदेबी शर्माले जानकारी दिइन् । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पोल्ट्री फार्मका कुखुरामा वर्डफ्लु भेटिएको पुष्टि गरेको हो । वर्डफ्लु भेटिएका कुखुरा फार्महरुमा पाइला अग्रिकल्चरल फार्म र हरिकृष्ण कवांको अजिमा पोल्ट्री फार्म रहेका छन् ।प्रयोगशालाका अनुसार ती फार्मका कुख

सम्बन्धित सामग्री

हेटौंडाको पोल्ट्री फर्ममा बर्डफ्लु, ३ हजार ४५३ वटा कुखुरा नष्ट

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ नागस्वतीको एक पोल्ट्री फर्ममा बर्डफ्लु पुष्टि भएपछि ३ हजार ४५३ वटा कुखुरा नष्ट गरिएको छ । बिहीबार नागस्वतीका कुखुरा व्यवसायी राजन खड्काको आदर्श पोल्ट्री फर्ममा रहेको लेयर्स प्रजातिको कुखुरामा बर्डफ्लु पुष्टि भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडा, मकवानपुर कुखुरा व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रतिनिधि लगायतको उपस्थितिमा कुखुरा, अण्डा र दाना नष्ट गरिएको हो ।सो फार्ममा पालिएको ३ हजार ४५३ वटा कुखुरा, ५ हजार ७८० वट

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट

काठमाडौँ । मकवानपुरमा पनि बर्डफ्लुको सङ्क्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरिएको थियो । ल्याब परीक्षण गर्दा बर्डफ्लु सङ्क्रमण भएको पुष्टि भएको प्रमुख यादवले बताए। उनका […]

मकवानपुरमा बर्डफ्लु देखियो‚ २०० कुखुरा नष्ट

हेटौंडा : मकवानपुरमा पालिएका कुखुरामा बर्डफ्लु रोगको संक्रमण देखिएको छ। संक्रमण देखिएपछि २०० वटा कुखुरा नष्ट गरिएको छ।सोमबार भीमफेदी गाउँपालिका–२, आँपचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएको थियो। बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको करिब २०० वटा कुखुरा नष्ट गरिएको भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका कार्यालय प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनले सोमबार २०० वटा कुखुरा, ४५ किलो कुखुराको दाना र केही मात्रा अण्डा

मकवानपुरमा पनि देखियो बर्डफ्लु, सात सय कुखुरा नष्ट

हेटौंडा : मकवानपुरमा पनि बर्डफ्लु रोगको संक्रमण देखिएको छ। जिल्लाको भीमफेदी गाउँपालिका वडा २ को आँपचौरमा टर्की कुखुरामा बर्डफ्लु देखिएको जिल्ला पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए। उनका अनुसार उक्त क्षेत्रमा पालिएको कुखुरा मर्न थालेपछि ल्याब परीक्षणको लागि काठमाडौं पठाइएको थियो। ल्याब परीक्षण गर्दा बर्डफ्लु संक्रमण…

वीरगञ्जमा बर्डफ्लु देखियो

वीरगञ्ज – वीरगञ्जको एक कुखुरा फार्मको कुखुरामा बर्डफ्लु संक्रमण भेटिएको छ। वीरगञ्ज महानगरपालिका–१५ भेडियाही टोलमा रहेको कुखुरा फार्ममा बर्डफ्लु देखिएको हो। भेडियाही टोलमा सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु देखिएको पशु क्वारेन्टाइन कार्यालय पर्साका प्रमुख डा हरेराम यादवले जानकारी दिए। अन्सारीले सञ्चालन गरेको कुखुरा फार्ममा रहेको १९ सय जति कुखुरा मरेपछि पशु […]

बर्डफ्लु संक्रमित क्षेत्रबाट ४ सय कुखुरा नष्ट गरियो

पोखरामा बर्डफ्लु भेटिएपछि पन्छी र पन्छीजन्य पदार्थको नष्ट गर्न थालिएको छ । बुधबार मात्रै ४ किल्ला भित्रका पंछी र पंछीजन्य पदार्थ नष्ट गर्ने काम सुरु गरिएको हो । संक्रमण देखिएको फार्मलाई नै इपिसेण्टर मानेर चार किल्ला निर्धारण गरिएको जिल्ला बर्डफ्लु नियन्त्रण कक्षले जनाएको छ । वडा नम्बर १५ र १७ मा ३९ घरधुरीका ३ सय ८१ वटा स्थानीय कुखुरा मारिएको छ । यस्तै, १२ वटा हास, ५१ बट्टाई, ५ वटा टर्की, ५ सय ९ वटा अण्डा, २२ केजी कुखुराको मासु, ३ सय २२ किलो दाना र ३ हजार ८ सय ५० किलो सुली नष्ट गरिएको छ । कक्षका

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ। वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत...

मोरङमा भेटियो बर्डफ्लु, चार फर्मका कुखुरा नष्ट गरिदै

मोरङ, माघ १८। मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकाका चारवटा कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भएको छ । धमाधम कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा बर्डफ्लु पोजेटिभ देखिएको हो । बर्डफ्लु पुष्टि भएका फर्महरूलाई सिल गर्ने कार्यसमेत अघि बढाईएको छ । बर्डफ्लु देखिएका कारण कुखुरा नष्ट गर्ने कार्य भइरहेको छ । कटहरी गाउँपालिका–७ स्थित पद्मश्री बहुद्देश्यीय कृषि […]

सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयात प्रतिबन्ध

दैलेखमा बाहिरी जिल्लाबाट कुखुरा र मासुको आयातमा प्रतिबन्ध लगाएको छ । छिमेकी जिल्ला सुर्खेतमा बर्डफ्लु देखिएसँगै दैलेखमा कुखुरा आयातमा प्रतिबन्ध लगाइएको हो

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु, हजारौं कुखुरा नष्ट गरिँदै

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लु भेटिएको स्थानमा हजारौंको संख्यामा कुखुरा नष्ट गरिएको छ । सो क्षेत्र त्यस वरपर करिब १२ हजार कुखुरासँगै हाँस टर्की, चल्ला, अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताउनुभयो । तारकेश्वरमा यसअघि पनि बर्डफ्लु देखिएको थियो तर नियन्त्रण भइसकेको पशु सेवा विभागले जनाएको थियो । अहिले फेरि त्यही क्षेत्रमा बर्डफ्लु संक्रमण देखिएको हो । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले बताउनुभयो । यसैबीच बर्डफ्लु फैलिन नपाओस् भनेर विभागले सम्बन्धित सबैका लागि चारबुँदे अपिल पनि जारी गरेको छ । यस्तो छ, अपिल