कांग्रेस माओवादी गठबन्धनलाई हराउदै गुल्मीमा एमाले, छत्रकोटमा पनि एमाले उम्मेदवार विजयी

गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन्। कांग्रेस एमालेका तर्फबाट तालमेलमा अध्यक्ष उपाध्यक्ष उठाइएको एमालेका एकल उम्मेदवारहरु विजयी भएका हुन्। गाउपालिका अध्यक्षमा एमालेका मधुकृष्ण पन्त ५ हजार ५५१ मतका साथ विजयी हुदा कांग्रेसका अन्तराम पौडेलले ५ हजार ११४ मत प्राप्त गरे। त्यस्तै उपा...

सम्बन्धित सामग्री

चार क्षेत्रको मतगणना जारी, कांग्रेस र एमाले दुई/दुई ठाउँमा अगाडि

काठमाडौँ – प्रतिनिधिसभाका १६५ सिटमध्ये १५८ क्षेत्रको नतिजा आइसकेको छ भने चार स्थानको मतगणना जारी छ। ती चारमध्ये कांग्रेस र एमाले उम्मेदवार दुई/दुई ठाउँमा अगाडि छन्। एमालेका उम्मेदवार धनुषा-४ मा रघुवीर महासेठ र सुनसरी ३ मा भगवती चौधरीले अग्रता लिएका छन्। सुनसरी-४ मा शनिबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन। संचार मन्त्रीसमेत रहेका […]

मोरङ ६ को २ मा कांग्रेस उम्मेदवार केदार कार्की अगाडि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रदेश सभा २ का कांग्रेस उम्मेदवार केदार कार्कीले ३३६२ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार कृष्ण बस्नेतले २६५३ मत ल्याएका छन्।

मोरङ ६ मा कांग्रेस उम्मेदवार डा शेखर कोइरालाको अग्रता

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेस उम्मेदवार डा शेखर कोइरालाले १४६३९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार लालबाबु पण्डितले १२१४४ मत ल्याएका छन्।

नवलपुर–२ का प्रदेशसभा सिटमा एमाले उम्मेदवार  विजयी

गण्डकी प्रदेश सभा सदस्यमा नवलपुर  क्षेत्र नम्बर २ का दुवै क्षेत्रमा एमाले उम्मेदवार विजयी भएका छन् । २ (क) मा पद्मा जिसी र (ख) मा लक्ष्मण पाण्डे विजयी भएका हुन् ।प्रदेश (क) मा जिसीले १९ हजार ३ सय ७८ मत ल्याएर   माओवादी केन्द्रका सौगम कुमार सिरपालीलाई पराजित गरेका हुन् । सिरपालीले  १४ हजार ७ सय ४३ मत ल्याए ।  २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेस  उम्मेदवार विजयी भएको थियो ।प्रदेश (ख) मा पाण्डे १८ हजार ८ सय ६ मत ल्याएर विजयी भएका छन्। उनले निकटम प्रतिस्प

एमाले उम्मेदवार जालिम मियाविरुद्ध कांग्रेसले दियो उजुरी

३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]

डडेल्धुरामा गुट-उपगुटका कारण एमाले उम्मेदवार बिहीन

डडेल्धुरा । डडेल्धुरामा नेकपा एमाले आन्तरिक गुट-उपगुटका कारण कमजोर बन्दै गएको छ । एमालेका नेताहरुले उम्मेदवारीमै सहमति जुटाउन नसकेपछि प्रतिनिधिसभा चुनावमा उम्मेदवारबिहीन भएकाे हाे । समयमै उचित निर्णय र निर्देशन दिएर मैदानमा खटाउनुपर्ने बेलामा अभिभावकबिहीन भएर चुनावमा होमिनु पर्ने बाध्यता नेकपा एमाले डडेल्धुराको रहेकाे छ । विगत ३ दशकदेखि डडेल्धुरामा नेपाली कांग्रेस बाहेक अन्य पार्टीको […]

रुपन्देहीको गैडहवामा एमाले उम्मेदवार निर्वाचित

भैरहवा– रूपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गैडहवा गाउँपालिका प्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार सुरेन्द्र पौड्याल ५ हजार ६३१ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बसी उल्लाह मुसलमानलाई १,२४३ मतान्तरले पराजित गरेका हुन् । पराजित बसी उल्लाह मुसलमानले ४ हजार […]

मोरंगको ग्रामथान गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

मोरंगको ग्रामथान गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६ सय ५० मत पाएर  विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका...

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

२ जेठ, काठमाडौं । बाजुराको खप्तड छेडेदह गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दिलबहादुर रावत र उपाध्यक्षमा कांग्रेसकी विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३७४७ मत पाएका छन् भने बुढाले ३५५८ मत पाएका छन् । यस्तै, उपाध्यक्ष पदमा कांग्रेसका विशुदेवी नाथले एमालेकी मनदेवीकुमारी खड्का (वली) […]

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस उम्मेदवार दुई मतान्तरले विजयी

काठमाण्डाै - मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका मोहनसिंह लालचन दुई मतान्तरले विजयी हुनुभएको हो । उहाँले ७६० मत ल्याउनुभयो। एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ मत ल्याउनुभएको छ । यहाँ कांग्रेस र माओवादीबीच तालमेल भएको हो।