नवलपरासी - पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको विनय त्रिवेणी–२ दाउन्नेमा बिहान भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस सडक छेउको ढिस्कोमा ठोक्किँदा पल्टिएको हो ।
पल्टिएपछि बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परेका केहीलाई आगोले पोलेको छ ।
प्रहरीका अनुसार घाइते २१ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा, दुई ज...