एनआईसी एसिया बन्यो बैंकहरुमै सबै भन्दा धेरै कमाउने बैंक, ब्याज आम्दानी नै ४० % ले बढ्यो

एनआईसी एशिया बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कमर्शियल बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा बनेको छ। बैंकले गत बर्षको तुलनामा १५.६४ प्रतिशतले बढाएर १ अर्ब १८ करोड ६ लाख खुद नाफा आर्जन गर्दै कमर्शियल बैंकहरुमा सबै भन्दा बढी कमाउने बैंक बनेको हो।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड ४५ लाख रुपैयाँ रहेको छ। मुख्य आम्दानीको रुपमा लिइने खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेसँगै बैं...