काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल खेमाका अध्यषद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले पुस २३ गते नेकपालाई पठाएको पत्र र अगाडि बढाइएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउँदै उनीहरु आयोगमा पुगेका हुन् ।