शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?