-तीर्थ श्रेष्ठ : आमा हुन साह्रै असजिलो छ पहाडजस्तो उचाइमा पुगेर मैदान भैदिनु पर्ने मैदानमा पुगेर उकालो भैदिनु पर्ने सन्तानहरु कहाँ पुग्छन् खोलाहरू जस्तो सपनाहरु कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो आमाहरू पहाड छेउको चौतारी हु्न् अभिशप्त छन् आमा हुन अप्ठेरो छ आमा हुन पहाड हुनजस्तै गाह्रो छ ।