५ चैत, काठमाडौं । प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस आइतबारबाट औपचारिक रुपमा सत्ता पक्ष बनेको छ । आइतबार बसेको कांग्रेस कार्यसम्पादन समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै सरकारमा जाने निर्णय गरेको हो । लगत्तै संसदमा सत्तापक्षीय बेञ्चमा बसेको कांग्रेसमा सरकारमा पार्टीको नेतृत्व गर्ने रस्साकस्सी सुरु भइसकेको छ । […]