१४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : मिनेन्द्र रिजाल

काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने बताएका हुन् । उनले भने, ‘मतगणना सकिएको दिन उहाँ (देउवा) निवर्तमान सभापति बन्नुहुनेछ, तर प्रधानमन्त्रीमा उहाँ नै निरन्तर […]

सम्बन्धित सामग्री

टिकट नपाएका मिनेन्द्र रिजाल अहिले केहीबेरमा एमाले अध्यक्ष ओलीसँग भेट्दै

झापा, २४ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न झापा पुग्ने भएका छन् । अध्यक्ष ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले दिएको जानकारी अनुसार अहिले १० बजे रिजालले ओलीसँग भेटवार्ता गर्दैछन् । पार्टीले टिकट नदिएपछि रिजाल असन्तुष्ट छन् । सभापति शेरबहादुर देउवाले आफूसँग प्रतिशोध साँधेको रिजालको टिप्पणी […]

मोरङ २ बाट डा मिनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम सिफारिस

नेपाली कांग्रेसले मोरङ क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाल र नेतृ सुजाता कोइरालाको नाम सिफारिस गरेको छ। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले रिजाल र कोइरालाको नाम सिफारिस गरेक...

मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल

काठमाडौं, २० जेठ । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् । ‘ अहिले मात्र होइन […]

सत्तारुढ गठबन्धनको बैठक अघि किन बालकोट पुगे मिनेन्द्र रिजाल ?

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ लाई लिएर बालुवाटारमा अहिले सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। गठबन्धनभित्र एमसीसीलाई लिएर विवाद बढेपछि निर्णायक वार्ताका रुपमा अहिले बैठक बसिरहेको हो। सत्तारुढ गठबन्धनको बैठक अघि भने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न बालकोट पुगेका थिए। एमसीसीका…

शेखर कोइराला समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार

काठमाण्डाै – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको उम्मेदवारी दिन लाग्नुभएका नेता शेखर कोइरालाको समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री पदको उम्मेदवार बन्नुहुने भएको छ । कोइरालाले आफ्नो टिमको तयारी गर्दै रिजाल र थापालाई उमेदवार बनाउन लाग्नुभएको हो । नेता शेखर कोइरालाको समूहबाट उपसभापतिमा चन्द्र भण्डारीलाई उम्मेदवार बनाउने तयारी रहेको छ । यस्तै अर्का उपसभापतिमा रामशरण महत र महेश आचार्यबारे छलफल भैरहेको नेताहरुले बताएका छन् ।

शेखरको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार

नेपाली काँग्रेसको सभापतिको उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीमबाट चुनाव लड्ने दुई उम्मेदवारको टुंगो लगाएका छन् । उनको टीमबाट गगन थापा र मिनेन्द्र रिजाल महामन्त्रीको उम्मेदवार हुने टुंगो लागेको छ । शनिबार शेखर पक्षको बैठकले थापा र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । कोइरालालगायतका टीमका नेताहरुले केहीबेरमा उम्मेदारी दर्ता गराउनका लागि भृकुटीमण्डप जाने कार्यक्रम रहेको छ ।

भारतीय राजदूत क्वात्राले किन भेटे रक्षा मन्त्री रिजाललाई ?

रक्षा मन्त्री मिनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ।

कांग्रेसले पनि टुंग्यायो थप पाँच मन्त्रीको नाम, रक्षा मन्त्री मिनेन्द्र रिजाल

काठमाडौँ – सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि थप पाँचजना मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसको वरिष्ठ नेता रामचद्र पौडेल र कृष्ण सिटौला पक्षले मन्त्रीको नाम सिफारिस गरेका हुन्। पौडेल पक्षबाट मिनेन्द्र रिजाल रक्षामन्त्री बन्ने भएका छन् भने दिलेन्द्र बडू कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जानकारी दियो। सिटौल समूहबाट […]

सत्ता कसरी चल्छ अब नेपाली जनताले देख्नेछन् : मिनेन्द्र रिजाल

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सत्ता कसरी चल्छ भनेर नेपाली जनताले अब देख्ने बताउनुभएको छ । विश्वासको मत सम्बनिध प्रस्तावमाथिको छलफलमा भाग लिदै उहाँले प्रतिपक्ष कसरी चल्छ हेरौंला तर सत्ता कसरी चल्छ भन्ने नेपाली जनताले देख्ने बताउनुभयो । आफूहरु संविधान भत्काउने प्रवृत्ति विरुद्ध अदालत गएको भन्दै उहाँले अदालतले मर्यादा बिर्सिएर […]