७ वर्षदेखि त्रिपालमुनि बाढीपीडित

 सुर्खेतको बराहताल गाउँपालिका–८, गिरीघाटमा बस्दै आएका नरेन्द्रबहादुर केसीले न्यानो घरमा बस्ने आश गरेको आठ वर्ष लाग्यो । त्रिपालमूनि बस्न बाध्य भएका उनी कहिले वर्षा, कहिले घाम त कहिले कठ्याङ्ग्रिँदो चिसोसँँगै दैनिकी बिताउँदै आएका छन् ।झरीमा उनको अवस्था निकै दयनीय भएको छ । एकातिर धुजा–धुजा भएको त्रिपालभित्र पानी चुहिन्छ भने अर्कोतिर बिहान–बेलुकी छाक टार्ने चिन्ता । त्रिपालमूनिको बास, त्यसमा पनि छाक टार्ने चिन्ताले उनलाई लेखेटिरहन्छ ।त्रिपालमूनि यसरी दैनिकी बिताउने नरेन्द्र ए

सम्बन्धित सामग्री

बाढीपीडित अझै सडक र विद्यालयमै

बस्ती नै डुबानमा परेपछि भजनी नगरपालिका–८ कृष्णपुरका लालबहादुर चौधरीको परिवार एक सातायता हुलाकी सडकमा त्रिपालमुनि बसिरहेको छ । ‘वर्षा रोकिएर डुबान घट्ने भयो, अब घर फर्किन पाइन्छ होला भनेको फेरि पानी पर्‍यो । घर अझै हिलाम्मे छ । बस्ने अवस्था नभएकाले अहिलेसम्म पनि सडकमै छौं,’ उनले भने, ‘अझै पानी थपिएर फेरि बाढी आउने हो कि ? यस्तोमा कसरी घर फर्किनु ?’

५ महिनादेखि सडकमै : त्रिपालमुनि चिसोमा कठ्यांग्रिँदै बाढीपीडित

कैलालीको भजनी–५ लालबोझीमा उनको घर थियो । उब्जाउ हुने खेतबारी थिए । नजिकै छरछिमेक र आफन्त हुँदा रमाइलो संसार थियो । गएको साउन ५ गते विपद्ले नलखेटेको भए उनी उसरी नै खुसीसाथ बसिरहेका हुन्थे । तर, सधैं शान्त रहने कान्द्रा नदी त्यस दिन सायद बौलाएको थियो । बाढी बोकेर त्यो लालबोझी गाउँ पस्यो, पूरै गाउँलाई डुबायो ।

छ महिनादेखि त्रिपालमुनिको वास

हुम्लाको दक्षिण क्षेत्रमा रहेका बाढीपीडित छ महिनादेखि त्रिपालमुनि वास बस्दै आएका छन्। जिल्लाको ताजाकोट गाउँपालिका–४ उत्तिसेनीका २४ दलित घरपरिवारलाई चिसो मौसममा त्रिपालमुनि बस्नुपर्ने बाध्यता रहेको छ।

हुरीले उडायो पाल बगरको बस्तीमा बेहाल

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ का बाढीपीडितको बस्ती सोमबार साँझको हुरीले उजाडिएको छ। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि चौरमा पाल टाँगेर बस्दै आएका बाढीपीडितको टहरा उडाएपछि उनीहरू समस्यामा छन्। साँझ करिब ९ बजेपछि आएको हुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो। बाढीपीडित टेकबहादुर विकले हुरीले त्रिपालसहित सबै तहसनहस पारेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यान्नसमेत भिज्यो। रातभर भागदौड भयो। हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन। दाउरासमेत छैन। आफन्तको घरमा आश्रय लिइरहेका छौँ।” महिनौँदेखि त्रिपालमुनि बसिरहँदा समेत सरकारले समस्या सम्बोधन नगरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त कसरी बाँच्ने भन्ने पीर छ। गाँस, बासको कुनै टुङ्गो छैन। बालबच्चा कसरी पाल्ने ?”