सुर्खेत : हरेक वर्ष वर्षायाम सुरु हुन साथ सुर्खेतका बाढीपीडित मुटु काम्न थाल्छ। उनीहरुलाई त्यो सात वर्ष पहिलेको विपत्ति सम्झिन्छन्। अर्थात् २०७१ साउन २९ गते राति आएको बाढी।
त्यो बाढीका सुर्खेतका एक हजार ४५ घरपरिवार विस्थापित भए। उनीहरूले करोडौं रुपैयाँ बराबरको धनमालसँगै परिवारका सदस्य समेत गुमाए। त्यो बाढीमा १२५ जनाको मृत्यु भएको थियो।
वीरेन्द्रनगरको इत्राम खोला, बराहताल गाउँपालिकामा भेरी नदीमा आएको बाढी बस्तीमा पस्दा घर जग्गा सबै बगरमा परिणत भए। ती बाढी पीडितहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका...