हुरीले उडायो पाल बगरको बस्तीमा बेहाल

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ का बाढीपीडितको बस्ती सोमबार साँझको हुरीले उजाडिएको छ। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि चौरमा पाल टाँगेर बस्दै आएका बाढीपीडितको टहरा उडाएपछि उनीहरू समस्यामा छन्। साँझ करिब ९ बजेपछि आएको हुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो। बाढीपीडित टेकबहादुर विकले हुरीले त्रिपालसहित सबै तहसनहस पारेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यान्नसमेत भिज्यो। रातभर भागदौड भयो। हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन। दाउरासमेत छैन। आफन्तको घरमा आश्रय लिइरहेका छौँ।” महिनौँदेखि त्रिपालमुनि बसिरहँदा समेत सरकारले समस्या सम्बोधन नगरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त कसरी बाँच्ने भन्ने पीर छ। गाँस, बासको कुनै टुङ्गो छैन। बालबच्चा कसरी पाल्ने ?”

सम्बन्धित सामग्री

बाँध भत्काएर सप्तकोसी बस्तीमा, गाउँलेको भागाभाग

उदयपुरको बेलका नगरपालिका– ८ डुम्रिबोटेमा पर्ने लाहुरखोँचबाट बाँध भत्काएर सप्तकोसी नदी बस्ती पसेपछि गाउँलेको भागाभाग भएको छ । लगातारको वर्षासँगै बुधबार बिहान २ बजेतिर सप्तकोसीको बाढी बस्ती पसेपछि गाउँलेको बिचल्ली...

अग्निपीडित दलित बस्तीमा बेहाल

त्रिपालमुनि असह्य गर्मीमा बस्नुपर्ने बाध्यता र कसैले राहत स्वरुप उपलब्ध गराइदिएको भुजा–चिउरा खाएर छाक टानुपर्ने विपद्पूर्ण परिवेशले सुत्केरी महिलाको समेत बिजोग भएको छ।...

काठमाडौंमा वर्षाले बेहाल : सडक अवरुद्ध, बागमती किनारका बस्तीमा बाढी पस्यो

काठमाडौंमा गए रातिदेखि परेको अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । वर्षापछि आएको भेल तथा बाढी बस्तीमा पसेको समाचार छ । बागमती नदीमा आएको बाढी नदी किनारका सुकुम्बासी बस्तीहरुमा पसेको काठमाडौं प्रहरीले जनाएको छ । यद्यपी मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार रातभर परेको वर्षाका कारण भित्रि सहरमा ढल तथा निकासको राम्रो प्रवन्ध नहुँदा घट्टेकुलो, बानेश्वर, गुह्वेश्वरीलगायतका स्थानका केही घरमा पानी पस्नुका साथै सडक जलमग्न बनेको छ । गुहेश्वरी  आसपासमा आएको बाढीले  सोमबार बिहान

मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’

काठमाडौंः सिन्धुपाल्चोकको मेलम्ची खोलामा एक्कासी पानीको बहाव बढ्दा भीषण बाढी आएको छ। बाढीले तटीय क्षेत्रका केही बस्तीमा क्षति पुर्‍याएको  स्थानीय प्रशासनले जनाएको छ। साँझ परेपछि पहिरो गएकाले भौतिक र मानवीक्ष क्षतिको विवरण आएको छैन। यद्यपि स्थानीयले हेलम्बुमा सात र मेलम्चीमा चार जना बेपत्ता भएको बताएका छन्।  मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माणस्थलाभन्दा…