झापा : निर्माण कम्पनीले रोड डिभाइडरको रेलिङमा कमसल फलामे पाइप प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ। मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका-६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण कम्पनीले गाउँपालिकाको इस्टिमेटभन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका थिए। गुणस्तरहीन रेलिङ लगाउँदै गरेको स्थानीयले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए। ६ न