जुम्ला – वर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ ।
करिब एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्म खण्ड भने खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको हो ।
गएकाे असोज २२ गते देखि नाग्म खण्डको सडकमा दुई जना इन्जिनियर, तीन जना सव इन्जिनियर, सात जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएको सव इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जुम्ला ब...
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा …
लमजुङ । पृथ्वीराजमार्गअन्तर्गत अवरुद्ध डुम्रे–बेँसीशहर सडक खण्ड सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै छ । विगत दुई दिनदेखि अवरुद्ध सो सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएपछि यहाँको जनजीवन सहज बन्दै गएको हो । लमजुङस्थित मर्स्याङ्दी नदीमा डुबेर मृत्यु भएको विद्यार्थीको विषयलाई लिएर तनहुँ बाइसजागर बजारका स्थानीयवासीले टायर बालेर सो सडक खण्ड अवरुद्ध गरेका थिए । […]
बागलुङ । कालीगण्डकी कोरिडोरको बागलुङ सडक खण्ड कालोपत्रे हुनेभएको छ । कोरिडोरको बागलुङ खण्ड अन्तरगत मालढुङ्गा–बलेवा खण्डको १० किलोमिटर सडक खण्ड कालोपत्रे हुनेभएको हो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सो सडक बागलुङ खण्ड अन्तरगतको मालढुङ्गा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक विभागलाई हस्तान्तरण भइसकेको छ । हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये सुरुमा हस्तान्तरण गरिएको मालढुङ्गादेखि बलेवा विमान […]
कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताए । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला
काठमाण्डाै - दशैँ सुरु हुनै लाग्दा बाढी पहिरोका कारण बन्द भएका देशभरका पाँच सडक खण्ड अझै खुल्न सकेका छैनन् । ठोरी–भण्डारा–मलेखु गल्छी, त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक खण्ड लामो समयदेखि बन्द छ ।
गएको असार एक गतेदेखि नै बन्द भएको यो सडक खण्डकाे मर्मतको काम भइरहेको इञ्जिनियर सन्तराम पाण्डेले जानकारी दिनुभयो । अबको एक हप्ताभित्रमा यो सडक खण्ड सञ्चालमा आउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, यो महिना लागेपछि बन्द भएको सुर्खेत–दैलेख म...
काठमाण्डाै - बाढी र पहिरोका कारण बन्द भएमा देशभरका १५ सडक खण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् । ६६ वटा सडक खण्ड एकतर्फी रुपमा सञ्चालन भइरहेका सडक विभागले जनाएको छ ।
काठमाण्डौ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड अझै सञ्चालमा आउन सकेको छैन । सिन्धुपाल्चोकको लिपिङ पुल भत्किँदा यो सडक खण्ड बन्द भएको थियो । यस्तै ठाउँ/ठाउँमा पहिरो र कटानका कारण डुम्रे–बेसीसहर–चामे सडक खण्ड बन्द भएको छ । गएको असार ३ गतेदेखि बन्द यो सडक खण्ड खुलाउन समस्या भएको सडक विभागले जनाएको...
बागलुङ । निरन्तरको वर्षाले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ खण्ड अन्र्तगत बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्से, काठेखोला गाउँपालिकाको सुन्तली घुम्ती र बयलडाँडामा राती खसेको पहिरोले सडक अवरुद्ध भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षातपछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन […]