काठमाण्डौ – एसेज श्रृङ्खला अष्ट्रेलियाले ४–० ले जितेको छ । होबार्टमा भएको पाँचौ तथा अन्तिम टेष्टमा इंल्याण्डलाई एक सय ४६ रनले हराएसँगै अष्ट्रेलियाले ४–० ले श्रृङ्खला आफ्नो पक्षमा पारेको हो ।
पाँचौँ टेष्ट जित्न दुई सय ७१ रनको लक्ष्य पछ्याएको इंल्याण्ड तेस्रो दिनको खाना समयपछि एक सय २४ रन बनाउँदा अलआउट भयो । ६८ रन बनाउँदासम्म कुनै पनि विकेट नगुमाएको इंल्याण्डले बाँकी ५६ रन बनाउँदा १० विकेट गुमायो । उसका लागि ज्याक क्राउलीले ३६ र रोरी बन्र्सले २६ रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स, स्कट बोलान्ड र क्...