काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खला अन्तर्गत स्कटल्यान्डसँगको खेल जित्न नेपालले १ सय ४५ रनको लक्ष्य पाएको छ ।
ग्लास्गोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४४ रन बनायो । उसका लागि गाभिन मेइनले उत्कृष्ट प्रदर्शन गरे । उनी ६४ रनमा नटआउट रहे । ९५ रन बनाउँदा ९ विकेट गुमाएको स्कटल्यान्डलाई मेइनले सम्हाल्दै १ सय ४४ रनको अवस्थामा पुर्याए ।
बलिङतर्फ नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले ३/३ तथा सन्दीप ल...