मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनमा उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले शनिबार र आइतबार काठमाडौं उपत्यकाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ। असोज २४ र २५ गते दुवै दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त प्रसारण लाइन बन्द गरेर काम गरिनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार प्रसारण […]
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी तथा खेल मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्दै ९३ लाख ९०० रुपैयाँ बिगो तथा क्षतिपूर्ति मागदाबी गरेको हो। मुद्दामा अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत […]
दक्षिण अफ्रिकामा जन्मिएकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार उच्चायुक्त नावी पिल्लेलाई सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। नर्वेली नोबेल समितिले शुक्रबार शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्द्धनमा गरेको प्रयासका लागि उनलाई पुरस्कार दिने घोषणा गरेको हो। ८५ वर्षीया पिल्लेले रङ्गभेदकालीन दक्षिण अफ्रिकामा राजनीतिक बन्दीको अधिकार संरक्षणदेखि युद्ध अपराध, मानवताविरुद्धका अपराध […]
काठमाडौँ । विजया दशमी, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै बजारमा हुनसक्ने कालोबजारी र अखाद्य वस्तुको विक्री नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाले अनुगमन अभियानलाई तीव्रता दिएको छ । सोही क्रममा शुक्रवार महानगरको टोलीले बागबजार क्षेत्रका विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक अनुगमन गरेको हो । चाडपर्वको समयमा उपभोग्य वस्तुको माग उच्च हुने र सोही मौका छोपी अस्वस्थ प्रतिस्पर्धा गर्ने […]
खनालले आफूले पार्टी नछोडेको र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्यले समाजवादी जागरण अभियान सञ्चालन गरेको स्पष्टीकरण दिएको दाहालले बैठकलाई बताएका थिए।