एन्फा अध्यक्ष नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा, ९३ लाख रुपैयाँ बिगो मागदाबी

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी तथा खेल मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्दै ९३ लाख ९०० रुपैयाँ बिगो तथा क्षतिपूर्ति मागदाबी गरेको हो। मुद्दामा अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत […]