यी हुन् एमालेले गठन गरेका केन्द्रीय विभाग र त्यसका संयोजक

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकले ९ विभाग र त्यसका संयोजक एवं सदस्यहरूको चयन गरेको छ। जसअनुसार संगठन विभागमा विष्णु पौडेल, संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागमा प्रदीप ज्ञवाली, पर्यटन प्रवर्द्धन विभागमा भानुभक्त ढकाल, पार्टी स्कुलिङ विभागमा केपी शर्मा ओली, विदेश विभागमा राजन भट्टराई, निर्वाचन विभागमा अग्नि खरेल र स्थानीयतह विभागमा देवेन्द्र दाहाल संयोजक तोकिएका छन्।

सम्बन्धित सामग्री

त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग अब बल्खुमा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित...

एमालेको २७ केन्द्रीय विभाग विस्तार

एमालेले २७ ओटा केन्द्रीय विभाग विस्तार गरेको छ । एमालेको केन्द्रीय प्रचार विभागले पार्टीका ३३ मध्ये २७ विभाग विस्तार भएको जनाएको छ । प्रमुख, उपप्रमुख र सचिवसहित केन्द्रीय विभागहरू ३५ सदस्यीय हुनेछन् ।  स्कुल...

एकीकृत समाजवादी: केन्द्रीय विभाग र प्रदेश कमिटीका प्रमुखहरू ताेकिए

काठमाडौँ– सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । नेकपा एसले पार्टीका ३१ वटा केन्द्रीय विभाग र ७ वटा प्रदेश कमिटीलाई पूर्णता दिएको हो । केन्द्रीय विभागमध्ये सम्मानित नेता झलनाथ खनालले विदेश विभागको जिम्मेवारी पाउँदा महासचिव वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएको नेकपा एसले जनाएको छ । त्यस्तै उपमहासचिव […]

समाजवादीले ३१ केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दियो

काठमाडौँ – एकीकृत समाजवादीले पार्टीका केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयका बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई फागुन २५–२६ मा बसेको केन्द्रीय कमिटीको तेस्रोपूर्ण बैठकले अनुमोद गरेको गरेको थियो। अनुमोदन गरेपछि महासचिव डा. बेदुराम भुसालले ३१ वटा पार्टीका विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको सार्वजनिक गरेका हुन्। […]

एकीकृत समाजवादीको केन्द्रीय विभाग र प्रदेश समितिले पायो पूर्णता (सूचीसहित)

११ चैत, काठमाडौं। नेकपा एकीकृत समाजवादीले केन्द्रीय विभाग र प्रदेश समितिलाई पूर्णता दिएको छ । केन्द्रीय सचिवालयको विभिन्न समयमा बसेको बैठकले गरेको निर्णयलाई २५-२६ फागुनमा बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा गएको हो । निर्णयबारे शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव बेदुराम भुसालले जानकारी गराए अनुसार ३१ वटा विभाग र ७ प्रदे्श समितिलाई पूर्णता […]

एकीकृत समाजवादीद्वारा केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता (नामावलीसहित)

नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय विभाग र प्रदेश कमिटीलाई पूर्णता दिएको छ । पार्टीको केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरु र प्रदेश कमिटीहरु गठनका निर्णयहरुलाई हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकले अनुमोद गरेको हो । एकीकृत समाजवादीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जिम्मेवारी पाएका नेताहरुलाई उत्साहका साथ कार्यक्षेत्रमा खटिन आग्रह गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक र त्रिवि अर्थशास्त्र केन्द्रीय विभाग बीच सम्झौता

फागुन १६, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभाग बीच एमए र एमफिल गरिरहेका विद्यार्थीहरुलाई अनुसन्धनात्मक शोधग्रथ लेखन कार्यका लागि सहयोग गर्ने सम्बन्धमा आइतवार सम्झौता भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा बलराम पाठकको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले अनुसन्धानबाट आउने प्रतिवेदनले बैंक र देशकै आर्थिक क्षेत्रलाई अगाडि बढाउन मद्धत पुग्ने विश्वास लिएको बताए । यसैगरी बैंंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले गर्ने लगानीका क्षेत्रहरुमा हुने जोखिम तथा सम्भावनाहरुको बारेमा यथार्थपरक ढङ्गबाट अनुसन्धान भई आगामी दिनमा बैंकलाई रणनीतिक ढङ्गबाट अगाडि बढ्न दिशानिर्देश गर्ने बताए । यसैगरी त्रिवि अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख अधिकारीले विभागले विभिन्न वित्तीय क्षेत्रसँग भएको यस्तो सम्झौताबाट प्राप्त हुने अनुसन्धनात्मक प्रतिवेदनले देशको अर्थतन्त्रमा योगदान पुग्ने बताए ।  बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले पाँच जना विद्यार्थीहरुलाई ४० हजार रुपैयाँदेखि बढिमा १ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउने बताए । बैंकले देशभर २५८ ओटा शाखा कार्यालय, २४५ ओटा एटीएम र ४१ ओटा स्थानमा एक्सटेन्सन काउण्टर, ९८ ओटा शाखारहित बैंकिंग सेवासहित डिजिटल बैंकिङ्गको माध्यमबाट सेवा प्रवाह गर्दै आएको छ ।

सिबिफिन–अर्थशास्त्र केन्द्रीय विभाग त्रिविबीच सम्झौता

काठमाडौं (अस) । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरे । समझदारीपत्रमा उल्लेख गरिएअनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नातकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीमध्ये छनोट भएका विद्यार्थीले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च बेहोर्ने गरी सिबिफिन फेलोसिप प्रदान गरिनेछ । तर, उक्त फेलोसिपअन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्नेछ । त्यसैगरी नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनका तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र राष्ट्र बैंकका एक/एक जना उच्चपदस्थ अधिकारी रहने गरी उच्चस्तरीय संयन्त्र गठन गरिनेछ । उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धान कार्य अगाडि बढाउने सहमति भएको छ । सिबिफिनले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्र तथा विषयवस्तुमा वार्षिक कम्तीमा २ वटा अध्ययन तथा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने र उक्त अध्ययन तथा प्रतिवेदन तर्जुमा वा प्रकाशित गर्दा लाग्ने खर्च सिबिफिनले बेहोर्नेछ । सिबिफिनको व्यवस्थापन र अर्थशास्त्र केन्द्रीय विभागको सहयोगमा रेमिट्यान्स बढाउने, पुँजीगत खर्च वृद्धि, उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने, कृषि क्षेत्रको व्यावसायिकीकरण, आयात प्रतिस्थापन, उत्पादन तथा रोजगारी वृद्धिका साथै नयाँ उद्यमी तथा उद्यमशीलताको विकास एवं विस्तारजस्ता विषयमा अन्तरक्रिया एवं कार्यशाला गोष्ठी आयोजना गरिने समझादारीपत्रमा उल्लेख छ । अध्ययन तथा अनुसन्धानका सम्भावित क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीति निर्माणमा सिबिफिनको सहयोग एवं योगदान, बैंक तथा वित्तीय क्षेत्रबाट विविध क्षेत्रमा गरिएको लगानी, त्यसको प्रतिफल र योगदान, बैंक तथा वित्तीय क्षेत्रको सुधार एवं स्तरोन्नति, वित्तीय साक्षरता एवं पहुँच, डिजिटल बैंकिङ, विद्युतीय भुक्तानीलगायत विषय समेटिनेछन् । यस्तै, विदेशी विनीमय नीति, आफ्नै देश सुहाउँदो भुक्तानी प्रणालीको विकास, बैंक तथा वित्तीय संस्थाको सञ्चालनमा प्रत्यक्ष प्रभाव पार्ने ब्याजदर तथा सेवाशुल्क, लगानीका नयाँ क्षेत्र पहिचान गरी लगानी विस्तार गर्ने, नयाँ उद्यमी तथा उद्यमशीलताको विकास, स्वदेशी उत्पादन र उपभोगसहित आत्मनिर्भर अर्थतन्त्रको निर्माणजस्ता विषयमा अध्ययन तथा सुझाव दिन सकिनेछ ।

अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् । त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए […]