त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग अब बल्खुमा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नै नवनिर्मित भवनमा सरेको छ। चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएपछि लामो समयसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित...

सम्बन्धित सामग्री

शोधवृत्तिका लागि दुई संस्थाविच सम्झौता

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र विज्ञापन बोर्डबिच विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्ने विषयमा सहमति भएको छ। विभागका प्रमुख डा. कुन्दन अर्याल र बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाइँविच सहमति भएको हो ।

पत्रकारितामा मोतीराम भट्टको योगदानको चर्चा

त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग काठमाडौँले १५९ औँ मोती जयन्तीको अवसरमा साहित्यिक पत्रकारितामा उहाँले खेल्नुभएको योगदानबारेमा चर्चा गरेको छ ।

नयाँ भवनमा पत्रकारिता विभाग

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित आफ्नो भवनमा सरेको छ। यसअघि प्रदर्शनीमार्गमा रहेको रत्नराज्य क्याम्पसको भवनमा सञ्चालित विभागले बुधबार बल्खुको नयाँ भवनमा अध्यापन सुरु गरेको छ। बुधबार त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा शिवलाल भुसालले नयाँ भवन उद्घाटन गर्नुभयो। उहाँले लामो समयको सङ्घर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेको उल्लेख गर्दै आधुनिक भवनसँगै शैक्षिक अनुसन्धान भित्र्याउने काम विभागको जिम्मामा आइपुगेको बताउनुभयो। विभागका उपप्राध्यापक एवं भवन निर्माण समितिका संयोजक डा. देवराज अर्यालले उक्त भवन निर्माणमा २१ करोड ५५ लाख ५१ हजार रुपियाँ खर्च भएको जानकारी दिनुभयो।

टेलिभिजन प्रशारणकाे सुविधासहितको भवनमा अबदेखि पत्रकारिताको पठनपाठन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित अत्याधुनिक भवनको उद्‍घाटन भएको छ। बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)का निमित्त उपकुलपति प्रा.डा.शिवलाल भुसालको प्रमुख आतिथ्यमा बल्खुस्थित नयाँ भवनको उद्‍घाटन भएकाे हाे।यसअघिसम्म त्रिविको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग आरआर कलेजमा सञ्चालन भएकोमा अबदेखि आफ्नै भवनमा पठनपाठन हुनेछ। उद्‌घाटनपछि त्रिविका उपकुलपति भुसालले लामो समयको संघर्षपछि विभागले आफ्नै भवन प्राप्त गरेकोमा खुसी व

पत्रकारितामा भाषाको ‘सिन्डिकेट’‚ नेपाली पत्रकारिता गर्न अंग्रेजीमा जाँच!

काठमाडौं : बनेपाकी रमिला अधिकारी (नाम परिवर्तन) गत गत कात्तिक मसान्तमा त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रदर्शनी मार्गमा स्नातकोत्तरमा भर्ना भइन्। पत्रकारितामै स्नातक गरेकी उनलाई त्यसवेला अधिकांशले स्नातकोत्तर पनि अंग्रेजी र नेपाली दुवै माध्यममा परीक्षा दिन पाइन्छ भनेपछि भर्ना भएकी थिइन्।तर एकाएक अहिले परीक्षा,असाइनमेन्ट लगायत सबैमा अनिवार्य अंग्रेजी माध्यम गरिएको थाहा भएपछि अहिले उनी न त परीक्षा दिन सक्ने न पढाइ नै छाड्न सक्ने दोधारमा परेकी छन्। &

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विद्यार्थीद्वारा आर्थिक सहयोग

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले जेष्ठ नागरिकलाई आर्थिक सहयोग गरेका छन् । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभाग रत्नराज्यलक्ष्मी क्याम्पस स्नातकोत्तर तह तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले साहारा जेष्ठ नागरिक समाजलाई आर्थिक सहयोग गरेका हुन् ।काभ्रेको पनौती नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुलाई सहयोग पुगोस् भनेर विद्यार्थीहरुले १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।  २०७०