काठमाडौं: ‘कतार प्रहरीको नाममा फेरि ठगीधन्दा सुरू’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यममा प्रसारित समाचार र त्यसमा श्रममन्त्रीकाे नै संलग्नता भएको भन्ने समाचारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खण्डन गरेको छ।मन्त्रालयले आज एक विज्ञप्ति निकालेर मन्त्रालय वैदेशिक रोजगार विभाग र स्वयं यस मन्त्रालयका मन्त्रीको नाम जोडिनेगरी समाचार प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रालयले मन्त्री र सचिवबाट निरन्तर रुपमा वैदेशिक रोजगारीमा कोही पनि निर्धन र निमु