कश्यपको कथा : धूर्त ज्योतिषको करामत

 धेरै पहिलेको कुरा हो । एउटा गाउँमा एक जना धूर्त ज्योतिष बस्थे । ज्योतिषको नाममा ज पनि जान्दैनथे । तैपनि चिनाटिप्पन हेरे जस्तो गरी ठगीधन्दा चलाउँदै आएका थिए । केही वर्षसम्म त उनको धन्दा राम्रै चल्यो तर झुट कहाँ सँधै टिक्थ्यो र । बिस्तारै गाउँलेहरूले उनको धूत्र्यार्इँ थाहा पाए र फुटोको आँखाले पनि हेर्न छाडे । आफ्नो पेशा सुक्दै गएपछि उनले अर्को चलाखी गर्दै केही आफन्तलाई गाउँगाउँमा प्रचार गर्न खटाए । प्रचारकहरू विभिन्न स्थानमा पुग्थे र त्यहाँको समस्या पत्ता लगाई सहयोगीजस्तो बनेर समाधानका लागि