गत माघ महिनामा महिनावारी भएकी १४ वर्षीया आरती खड्कालाई अब कहिल्यै छाउ (महिनावारी) नहोस्जस्तो लाग्छ । डोटी जिल्लाको सानागाउँपालिाकाकी आरतीलाई महिनावारी हुने दिन नजिकिँदा चिन्ताले सताउँछ । जसको मुख्य कारण हो, उनी महिनावारी भएपछि छाउगोठ बस्दा भोगेका पीडा।