सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । सो विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।बिहीवार १० भन्दा धेरै छात्रामा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतबारसम्म विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले जानकारी दिए । केहीबेर बेहोस हुने कराउने गरेप