घरजग्गा कारोबार खुम्चिँदा घटेको राजस्व संकलन फागुनमा लयतर्फ, फागुनमा ७६ करोड बढी उठ्यो

काठमाडौं। फागुनमा सरकारले घरजग्गा कारोबारबाट ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। माघमा  घरजग्गा कारोबारबाट ५ अर्ब ५०

सम्बन्धित सामग्री

घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि

पूर्णभक्त दुवालकाठमाडौं । विगत २ वर्षदेखि मन्दी र घरजग्गा वर्गीकरणका कारण शिथिल रहेको घरजग्गा कारोबार पुस महिनामा आएर उल्लेख्य वृद्धि भएको छ । पुस महिनामा मात्र १ लाख ३६ हजार ७ सय ७३ वटा घरजग्गासम्बन्धी विविध कार्य हुँदा सरकारलाई एकै महिनामा ३ अर्ब २० करोड ५२ लाख १३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । […] The post घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। १० अर्ब भन्दा बढी लगानी भएको कफी खेतीको प्रवद्र्धनमा राज्य उदासिन भने उदासिन देखिएको छ।सरकारले निर्माण व्यवसायीहरुले पाउनेपर्ने बक्यौता रकम आजैदेखि निकासा गर्ने भएको छ।माघ महिनाका लागि बैंकको ब्याजदर ८ प्रतिशतमा झरेको छ।२०२३ मा २ लाख बढि नेपाली घुम्नका लागि विदेश पुगेका छन्।पछिल्लो पाँच महिनामा काठमाडौंमा उपत्यकामा साढे १६ हजार घरजग्गा कारोबार हुदा ६ अर्ब रुपैयाँ बढी राजस्व संकलन

पहिलो चौमासिकमा घरजग्गा कारोबार बढ्यो

एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित, झन्डै सवा १२ अर्ब रुपैयाँ राजस्व संकलन चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा कारोबार बढेको छ ।...

कर्जा नपाउँदा पनि घटेन घरजग्गा कारोबार, माघभन्दा फागुनमा झन् बढ्यो

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य तरलता अभावबीच पनि फागुनमा घरजग्गाको कारोबार बढेको छ । चालु आर्थिक वर्षको सुरुवाती महिनामा घरजग्गा कारोबारबाट लक्ष्यअनुसार नै राजस्व संकलन भएपनि माघमा घरजग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको थियो । तर, फागुनमा भने घरजग्गाको कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । बैंकिङ प्रणालीमा...

चितवनको घरजग्गा कारोबार ४०% ले बढ्यो, ६ मिटर बाटोमा १० लाख रुपैयाँमै घडेरी

पुस २, काठमाडौं। नेकपा (एमाले) को हालै सम्पन्न १० औं महाधिवेशनका कारण चितवनको घरजग्गा कारोबार ४० प्रतिशतले बढेको छ।  मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न महाधिवेशनमा देशभरबाट लाखौ नेता तथ कार्यकर्ता चितवन पुगेका थिए। महाधिवेशनमा आएका प्रतिनिधिदेखि कार्यकर्तासम्मले त्यतिबेलै चितवनका विभिन्न ठाउँमा घरघडेरी हेरेर गएका थिए। गोजिमा नगद पैसा हुने नेता कार्यकर्ताले कसैले बैना मात्रै दिएर त कसैले पुरै रकम दिएर तत्कालै घरजग्गा किनेका कारण चितवनको कारोबार बढेको घरजग्गा व्यावसयि दीनेशकुमार चुकेले बताए। मंसिर महीनामा चितवनका चार ओटै मालपोत कार्यालयबाट २ हजार ८०० ओटा घरजग्गा किनबेच भएका छन्। अघिल्लो महिना कात्तिकमा भने जिल्लाभर २ हजार ओटा घरजग्गा मात्रै किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले बताएको छ। त्यस्तै मंसिरमा जिल्लाभर २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा भने जिल्लाभर जम्मा २३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। कारोबार संख्या ४० प्रतिशतले र राजस्व रकम २२ प्रतिशतले बढेको विभागले बताएको छ। ‘अहिले किनबेच भएका घरजग्गाहरु सानो सानो रकमका हुन्। चितवनमा अहिलेपनि १० देखि १५ लाख रुपैयाँमा १० धुर घडेरी किन्न सकिन्छ।’ चुकेले भने,   ‘कारोबार संख्या ४० प्रतिशतले बढेपनि राजस्व रकम भने २२ प्रतिशत मात्रै बढ्नुको कारणपनि त्यहि हो।’ ७५ बिगाहमा प्लटिङ, करिब तीन हजार घडेरी विक्रीमा चितवनमा अहिले अनुमति लिएका कम्पनी र व्यक्तिगत कारोबारी गरेर १५/२० जना व्यक्तिले घरजग्गा प्लटिङ गरेर किनबेच गर्ने गरेको व्यावसायि चुकेले बताए। एकै व्यक्तिले एक बीघादेखि पाँच बीघासम्म जग्गामा प्लटिङ गरेका छन्। यसरि अहिले नगरपालिकाको मापदण्ड अनुसार नै कम्तिमा छ मिटर चौडा बाटोमा १० देखि १५ लाख रुपैयाँमै किन्न पाइने करीब ३ हजार बढी घडेरीहरु विक्रीमा रहेको उनले बताए। ‘चितवनमा महानगरभित्र पनि कम्तिमा २५ लाख रुपैयाँबाट घडेरी किन्न सकिने अर्का व्यावसायि किशोर थापाले बताए। मुख्य राजमार्गबाट ४/५ किलोमिटर दायाँबायाँ जाँदा २०/२५ लाखदेखि महानगरभित्रै पनि घरघडेरी किनबेच भइरहेका छन्।’ थापाले भने, ‘महानगरभित्र मुख्य बजार क्षेत्रमा भने जग्गाको मूल्य प्रतिकठ्ठा ६/७ करोड रुपैयाँ घटिमा किनबेच हुँदैन।’ यो पनि पढ्नुस : तरलता संकटले सबैक्षेत्र अस्तव्यस्त हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि, कालोधनको प्रयोग भएको हो ? चारवटै मालपोतबाट करोड बढी राजस्व संकलन काठमाडौं उपत्यकापछि सबैभन्दा धेरै मालपोत कार्यालय रहेको चितवनमा चार ओटा मालपोत कार्यालयले सेवा दिइरहेका छन्। महानगरभित्रका घरजग्गा किनबेच हुने भरतपुर (चितवन) मालपोत कार्यालयले ५ देखि १० करोड रुपैयाँसम्म राजस्व उठाएपनि अन्य कार्यालयले भने ५०/६० लाख रुपैयाँ राजस्वमै चित्त बुझाईरहेका थिए। तर मंसिरमा भने चार ओटै मालपोत कार्यालयले कम्तिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन्। सबैभन्दा धेरै राजस्व संकलन गर्ने चितवन मालपोत कार्यालयले मंसिरमा १९ करोड ३१ लाख रुपैयाँ राजस्व उठाउँदा  माडी मालपोतले १ करोड ३८ लाख, चनौली मालपोतले ३ करोड ८७ लाख र खैरहनी मालपोतले तीन करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्। कात्तिकको तथ्याङ्कमा भने चितवन मालपोतबाट १४ करोड ९० लाख, माडिबाट १ करोड १२ लाख, चनौलीबाट ३ करोड ७ लाख र खैरहनीबाट ३ करोड ८६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। कारोबार संख्याको आधारमा चितवनबाट सर्वाधिक १ हजार ७०० ओटा घरजग्गा किनबेच हुँदा माडीबाट १८२ओटा, चनौलीबाट ५६६ ओटा र खैरहनीबाट ३४७ ओटा घरजग्गा किनबेच भएका छन्। यो तथ्याङ्कले महानगरभित्र पनि सस्तो मूल्यका घरजग्गा धेरै किनबेच भएको पुष्टि गरेको छ।  कात्तिकमा भने चितवन मालपोतबाट १ हजार २७८ ओटा घरजग्गा मात्रै किनबेच भएका थिए। त्यस्तै माडीबाट १०१ ओटा, चनौलीबाट ४३६ ओटा र खैरहनीबाट २६० ओटा घरजग्गा किनबेच भएका थिए। कात्तिकको तुलनामा मंसिरमा चितवनका सबै मालपोत कार्यालयको कारोबार संख्या र राजस्व वृद्धि भएको छ।

घरजग्गा कारोबारमा देखिएन तरलता अभावको प्रभाव, मंसिरमा ७ अर्ब राजस्व उठ्यो

बैंकहरुमा लगानीयोग्य रकमको अभाव रहेको बेला घरजग्गा कारोबार भने ह्वात्तै आकाशिएको छ । बैंकहरुमा तरलता अभाव रहेकै समयमा मंसिर महिनामा घरजग्गा कारोबार एकाएक बढेको हो । मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ६९ हजार ४१२ घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा भएको कारोबार संख्या कात्तिकको तुलनामा १९ हजार ३२९ ले बढी हो । असोजको तुलनामा कार्तिकमा सुस्ताएको घरजग्गा कारोबार मंसिरमा आउँदा बढेको हो । कारोबार बढेसँगै मंसिरमा राजश्व संकलन पनि बढेको छ । मंसिरमा ७ अर्ब ६ करोड ६५ लाख राजस्व उठेको छ । मंसिरमा संकलन भएको कुल राजश्व कार्तिकको तुलनामा १ अर्ब ५७ करोड १३ लाखले बढी हो । असोजको तुलनामा कार्तिकमा १ अर्ब ८३ करोड ५० लाखले घटेर ५ अर्ब ४९ करोड ५१ लाख राजस्व संकलन भएको थियो । मंसिरमा रजिष्ट्रेशन शुल्कवापत ४ अर्ब २२ करोड ७९ लाख, पूँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८४ लाख, सेवा शुल्कबाट २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

लमजुङमा महिलाको नाममा घरजग्गा कारोबार गर्ने बढे - Naya Patrika

एक वर्षमा ५ करोड राजस्व संकलन जिल्ला मालपोत कार्यालय लमजुङमा महिलाको नाममा घरजग्गा किनबेच गर्नेको संख्यामा वृद्धि भएको छ । महिलाको नाममा घरजग्गा किनबेच गर्दा २५ प्रतिशत छुटको व्यवस्था भएकाले...पूरा पढ्नुहोस् »