चुनावपछि निक्षेप बढ्ने अपेक्षा गरेका चितवनका बैंकर्स अन्योलमा

 जेठ १२, चितवन । विगत झण्डै छ महीनादेखि तरलता अभाव खेपिरहेको बैंकहरुले स्थानीय निकायको निर्वाचनसँगै निक्षेप बढ्ने अपेक्षा गरेपनि बजारमा तरलताको अभावमा सुधार नभएको बताएका छन् ।  स्थानीय निर्वाचनमा विभिन्न माध्यमबाट रकमको फ्लो हुने अपेक्षा गरिएको थियो । तर निर्वाचन सकिएपछि पनि बैंकमा निक्षेप नबढ्दा भने उनीहरु अन्योलमा  परेका छन् । निर्वाचनमा विभिन्न उम्मेदवार तथा कार्यकर्ताले चुनाव खर्चको लागि गरेको रकम बैंकसम्म नआइपुुग्दा उनीहरु चिन्तामा छन् । कामना सेवा  विकास बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी निर्वाचन शुरु भएसँगै बैंकमा निक्षेप बढ्ने आश गरेपनि हालसम्म पनि निक्षेपमा सुधार नआएको बताउँछन् । ‘चुनावी माहोल बढेसँगै निक्षेप बढ्ने अपेक्षा त गरेका थियौं, तर निर्वाचन सकिएपछि पनि निक्षेप बढ्ने कुनै संकेत देखिएन’, उनले भने ।   निर्वाचन शुरु हुनुअघि रकम झिक्ने बढेको र सो रकम पुनः बैंकमा फर्कने  आश गरेपनि नआएको भण्डारीको भनाइ छ । ‘चुनावमा त झन् वीथड्र बढ्यो’, उनले भने, ‘चुनावमा त देशभर खर्च भएकै छ । त्यो पैसा कहाँ गयो होला हामी अन्यौलमा छौं ।’ निर्वाचनमा आम नागरिक, कृषक, व्यवसायी चुनावी रौनकमा व्यस्त भएतापनि निर्वाचनको परिणाम आएसँगै आफ्नै लयमा फर्कन थालेका छन् । पेशा व्यवसाय गर्नेहरु नियमित काममा फर्कन थालेपछि बैंकहरुमा ग्राहकको केही चाप देखिएको छ ।  यहाँका निजी बैंकहरुभन्दा बढी सरकारी निकायमा बैंकहरुमा बढी ग्राहकहरुको भीड भएको देखिन्छ । कृषि विकास बैंक, हाकिमचोक भरतपुर शाखाका प्रबन्धक हरि अधिकारी चुनावमा जति निक्षेप हुने अपेक्षा गरिएपनि त्यस्तो कुनै कारोबारमा फेरबदल नभएको बताउँछन् । ‘हामीले पनि चुनाव आएसँगै पैसाको फ्लो बढ्छ भन्ने सोचेकौ हौं, तर त्यस्तो देखिएन’, उनले भने ।  चुनावअघि निक्षेप नबढेपनि परिणाम घोषित भएसँगै निक्षेप गर्नेहरुको संख्या भने बढेको उनले बताए । बैंकहरुमा तरलता अभावले समस्या र चुनौति दिएपनि वित्तीय सहकारी संस्थाहरुमा भने तरलता अभावको त्यति असर नपरेको  स्वयं सहकारी सञ्चालकहरुले बताउने गरेका छन् । तर निक्षेपको तुलनामा कर्जाको अत्यधिक माग भएका कारण वित्तीय सहकारीहरुलाई सन्तुलन मिलाउन हम्मेहम्मे परेको छ । बैंकहरुले सहजरुपमा कर्जा दिन नसकेपछि कतिपय व्यवसायीहरुलाई वित्तीय सहकारीको भरपर्नुपर्ने अवस्थाको सृजना भएको छ ।  ‘चुनाव अघि त बरु ठिकै कलेक्सन थियो, चुनावमा त झन अधिकांशले व्यवसायनै बन्द गरे, झन असर पर्यो’ चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था,नारायणगढका सीईओे राजन पौडेलले भने । चुनावमा खर्च भएको रकम वित्तीय संस्थामा आउन केही समय लाग्ने र अबका केही दिनमा निक्षेप र कर्जा संकलनसमेत बढ्ने संकेत देखिएको पौडेलको भनाइ छ ।  चुनावमा खर्च गरिएको रकम बैंकसम्म आउन ढिला हुने बताउँछन बैंकिङ्ग विज्ञहरु । सानोसानो रकम धेरै ठाउँमा छरिएर जाने भएकोले फेरी संकलन हुन समय लाग्ने उनीहरुको भनाइ छ । कर्पोरेट फाइनान्समा विद्यावारिधि गरेका डाक्टर कपिलदेव सुवेदी बैंकमा तरलता अभाव कम गर्न चुनाव खर्चले खासै मद्धत नगर्ने बताउँछन् । ‘तरलता कम गर्न चुनावी खर्चले भन्दा सरकारले पूँजीगत खर्च गर्नु पर्नेनै हुन्छ’, डाक्टर सुवेदीले भने । निर्वाचनमा अदृश्य रुपमा भएका खर्चहरु सानो सानो रकम जम्मा भएर बैंकसम्म आउन ढिला हुने भएकोले केही दिनपछि मात्र यसको प्रभाव देखिने उनको भनाइ छ ।  अहिले तरलता अभाव भएपनि असारे विकासँँगै बजारमा पैसाको कारोबार बढ्दै जाने उनको भनाइ छ ।

सम्बन्धित सामग्री

सेयरधनीहरुको अपेक्षा पूरा हुन्छ: नकर्मी

काठमाडाैँ- हिमालयन लघुवित्त वित्तीय संस्थाका अध्यक्ष बिजय मान नकर्मीले संस्था सेयरधनीको अपेक्षा पूरा गर्न संस्था कटिबद्ध रहेको बताएका छन्। संस्था को बाह्रौँ वार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्। काठमाडौंमा बुधबार सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजय मान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए। […]

‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीका मुख्य प्रशिक्षक सुनिल कुमार श्रेष्ठले साफ यू१९ च्याम्पियनसिपमा माल्दिभ्समाथिको सानदार जित अपेक्षा अनुसार भएको बताएका छन् । माल्दिभ्सलाई ४-१ गोल अन्तरले हराउँदै नेपालले समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । जितपछि उनले नतिजा अपेक्षा अनुसार भएको बताएका छन् । ‘आजको खेल हामीलाई गर वा मरको […] The post ‘नतिजा अपेक्षा अनुसार’ – प्रशिक्षक श्रेष्ठ first appeared on हाम्रो खेलकुद.

नयाँ उद्योग मन्त्रीसँग वीरगन्जका उद्योगीको अपेक्षा

आफ्नो क्षेत्रका नेता रमेश रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्लेसँगै उद्योग नगरी वीरगन्जले ठूलो अपेक्षा राखेको छ । लामो समयसम्म वीरगन्जमा रहेर रजानीति गरेका रिजाल उद्योग मन्त्री बन्दा आफ्ना समस्या समाधान हुन्छ भन्ने अपेक्षा यहाँका उद्योगी व्यवसायीले राखेका छन् । यस्तै वीरगन्ज उद्योग वााणिज्य संघको नेतृत्व वीरगन्जका व्यवसायी अशोक टेमानीले सम्हालेका छन् । […]

मतदाताका बर्षौदेखिका उही अपेक्षा

‘सधै मतदाताका उनै समस्या र अपेक्षा हुन्छन्। नेताहरु चुनावका बेला सबै काम गर्छु भन्छन्। अर्को चुनाव आउदाँ एउटा पनि समस्या समाधान भएको देखिदैन’ उनले भने,‘यो लाजमर्दो कुरा हो्।’...

‘बीआरआईबाट ठूलो अपेक्षा नराख्नुस्’

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालले चीन सरकारले दिने ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) बाट सहयोगको ठूलो अपेक्षा गर्न नहुने बताएका छन् ।शुक्रबार काठमाडौंमा भएको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले चीनले नेपालबाट आफ्नो देशमा कुनै किसिमको हस्तक्षेप नहोस् भनेर बीआरआई सहयोग गर्ने नीति लिएको भन्दै नेपालले चीन सरकारले दिने बीआरआई सहयोगको ठूलो अपेक्षा […]

अनावश्यक राहतको अपेक्षा

गुल्मी – बिलासी आवश्यकतातर्फ केन्द्रित भई स्थानीय सर्वसाधारणमा अनावश्यक राहतको अपेक्षा बढ्दै गएको छ । संघीय संरचनाले गाउँगाउँमा स्थानीय सरकार आएपछि आवश्यकताभन्दा बाहिरका कुरामा पनि राहतको अपेक्षा बढ्दै गएको हो । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगप्रमुख डिल्लीराज भुसालले स्थानीय सर्वसाधारणमा अनावश्यक रुपमा राहातको अपेक्षा बढिरहेको बताएका छन् । नगर विकास तथा वातावरण संरक्षण संस्था रेसुङ्गा नगरपालिकाको […]

कांग्रेस सरकार चुनावसम्म टिकोस्, मेरो एउटै अपेक्षा: सिटौला

काठमाडौँ- नेपाली कांग्रेस पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले यो सरकार निर्वाचनसम्म पुगोस् भन्ने अपेक्षा आफूले गरेको बताएका छन्। ‘धेरै ठूलो अपेक्षा मेरो छैन, यो सरकार चुनावसम्म जाओस्,’ उनले भने। कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सिटौलाले तीन तहको निर्वाचन तीन/चार महिना हुनुअघि कसरी पार्टीभित्र भावनात्मक एकता गर्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित हुनुपर्ने बताए। उनले भने- […]

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न सकेन् । यद्यपि अहिलको सबैभन्दा ठूलो प्राथमिकताको विषय भनेकै सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु नै हो । अहिलेको अवस्थामा सबै नागरिकले खोप लगाउन पाउने अवस्था सिर्जना गर्न सकिएमा सुखी र खुसी […] The post सरकारप्रतिको अपेक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएएका छन् । सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र अपेक्षा गरेभन्दा फरक आएको उनले बताए । उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ... The post अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड appeared first on Purbeli News.