काठमाण्डाै – राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीवार (आज) देखि सुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको हो ।
आजको बैठकमा सरकार पक्ष विपक्षी दलका नेताहरूले धारणा राखेका छन् । विपक्षी दलका नेताहरूले केपी शर्मा ओलीकाे सरकारले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेको बताएका छन् ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले ओलीले संविधान असफल बनाउन अध्यादेशमार्फत राज गरिरहेको आरोप लगाउनुभयो । ती...