नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् । कम्पनीको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो। गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि […]

सम्बन्धित सामग्री

जीवन बीमा : पोलिसी समर्पणबाट झन्डै ९ अर्ब फिर्ता, 'आर्थिक मन्दीको असर'

काठमाडौं । पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (Insurance Policy Surrender) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरू (Life Insurance Companies) ले झन्डै ९ अर्ब रुपैयाँ बीमा शुल्क फिर्ता गर्नुपरेको छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बीमितहरूले पोलिसी सरेन्डर गर्दा बीमा कम्पनीहरूले ८ अर्ब ८५ करोड ५४ लाख रुपैयाँभन्दा रकम फिर्ता गरेका छन् ।  प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी पोलिसी साउनमा सरेन्डर भएको छ । साउनमा बीमितले पोलिसी सरेन्डर गरेर १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम बीमा कम्पनीसँग फिर्ता लिएका छन् ।  यस्तै फागुनमा १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क पोलिसी सरेन्डरमार्फत फिर्ता भएको छ । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुनमा मात्रै बीमितले ८ हजार ९३९ ओटा पोलिसी सरेन्डर गरेका छन् । त्यसबाट बीमा कम्पनीहरूले १ अर्ब ८ करोड २६ लाख रूपैयाँभन्दा बढी फिर्ता गरेका छन् ।  फागुनमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३४ करोड २० लाख रुपैयाँ बीमा शुल्क फिर्ता भएको छ । दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड LIC Nepal को १५ करोड ७३ लाख र तेस्रोमा राष्ट्रिय बीमा संस्थानको १४ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क सरेन्डरका कारण फिर्ता भएको छ ।   नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री अहिलेको आर्थिक मन्दीको प्रत्यक्ष असर बीमा व्यवसायमा पनि परेकोले विगतमा भन्दा अहिले पोलिसी सरेन्डर बढेको बताउँछन् ।  ‘धेरैजसो बीमितले सहकारीमा पैसा राखेर त्यसको ब्याजले पनि बीमा शुल्क तिर्ने गर्नुभएको थियो । तर, अहिले सहकारी डुबेका कारण बीमितको बीमा शुल्क तिर्ने उक्त बाटो बन्द भएको छ,’ उनले भने, ‘यस्तै अहिले व्यापार व्यवसाय पनि ठप्प भएको छ । त्यसैले अहिले बीमितको बीमा शुल्क तिर्ने बाटो नै बन्द भएको छ । बीमा शुल्क तिर्न नसक्दा धेरै बीमितहरूले पोलिसी सरेन्डरको बाटो अपनाउनु परेको छ ।’ बीमा (Insurance) गर्दा आफ्नो अन्य आवश्यकता पूरा भएपछि मात्र गरिन्छ । अहिले आम्दानीको स्रोत नै ठप्प हुँदा धेरैलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नै गार्‍हो भएको छ । ‘पैसा अभावका कारण अहिले पनि पोलिसी सरेन्डर गर्न धेरै बीमितहरू आउनुहुन्छ,’ खत्री भन्छन्, ‘हामीले धेरै बीमितलाई सरेन्डर गर्नुभन्दा पोलिसी धितो राखेर कर्जा लिँदा बढी फाइदा हुने भएकाले कर्जाको विकल्प अपनाउन पनि सुझाव दिने गरेका छौं ।’

नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सम्झौता

काठमाडौं । सिन्धुपाल्चोकको थोकर्पा गाउँपालिकामा सामुदायिक अस्पताल स्थापना गरी सञ्चालन गर्न नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सम्झौता भएको छ । कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेशनका तर्फबाट अध्यक्ष डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेशनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ । […]

नेशनल लाइफको सीइओमा खत्री नियुक्त,

नेशनल लाइफ इन्स्योरेन्सको सीइओमा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । उनलाई कम्पनीको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा नियुक्त गरेको हो । खत्री यसअघि कम्पनीमा कायम मुकायम कार्यकारी प्रमुख थिए । नियुक्तीको प्रस्ताव र सोको स्वीकृतीका लागि कम्पनीले बिमा समितिमा पठाएको कम्पनीले जानकारी दिएको छ ।

नेशनल लाइफ इन्स्याेरेन्सकाे कामु सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

काठमाण्डाै – नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कार्यवाहक कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुरेशप्रसाद खत्री नियुक्त हुनुभएको छ । प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको कार्यकाल सकिएपछि नेशनल लाइफको सञ्चालक समितिको बैठकले सुरेशप्रसाद खत्रीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको ह...