आन्तरिक दुर्घटनामा परेका पनि सहिद, एकै व्यक्तिको नाम दुई ठाउँमा कसरी?

काठमाडौँ : सरकारले सहिद घोषणामा गम्भीर लापरबाही गरेको पाइएको छ। आन्तरिक दुर्घटनामा मृत्यु भएकाहरूलाई समेत सहिद घोषणा गरेर सरकारले लापरबाही गरेको पाइएको हो। बाख्रा चराउन जाँदा खेलौना ठानेर विष्फोटक पदार्थ चलाउँदा मृत्यु भएका एकै परिवारका चारजनालाई सरकारले सहिद घोषणा गरेको पुष्टि भएको छ। उनीहरूको नाम सहिद घोषणा गर्दा दुई ठाउँमा राखेर सरकारले अर्को गल्ती गरेको छ।काभ्रे खानीखोला गाउँपालिका साविकको फलामेटार चिप्लेदमारका याङग्रीमाया वाइवा, मिठुमाया वाइवा, सुवास वाइवा र जनक वाइवाको २०६२ साल चैत २२