काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनाधिकृत व्यक्तिको संलग्नता नरहेको दाबी गरेका छन्। जेठ १४ गते राति अनाधिकृत व्यक्तिले करका दर हेरफेर गरेको समाचारको खण्डन मन्त्री शर्माले सदनमार्फत गरेका हुन्। उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए। उनले संसदमा बजेट […]