पाकिस्तानको कराचीमा रहेको एउटा खाद्य वितरण केन्द्रमा भागदौड हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नौ जना महिला र तीन जना बालबालिका रहेका बीबीसी हिन्दीले जनाएको छ ।
रमजानको अवसरमा नि:शुल्क खाद्यान्न वितरण भइरहेको बेला केन्द्रमा आगलागी भएको हल्ला फैलिएपछि भागदौड भएको थियो । ठूलो भिड जम्मा भएको बला भागदौड हुँदा अरु कयौँ मानिस घाइते भएका र उनीहरुको उपचार भइरहेको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
पाकिस्तानमा आर्थिक सङ्कट बढ्दै गएपछि खाद्यान्न लगायत दैनिक उपभोग्य व...