धार्मिक कार्यक्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

एजेन्सी। इजरायलमा हासिडिक यहुदी पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु भएको छ।उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा दशौं हजार मानिस यहुदी पर्व मनाउन भेला भएका बेला भागदौड मच्चिदा अन्य सयौं घाइते भएका छन्। हरेक वर्ष सो पर्व मनाइने भएपनि गत वर्ष कोरोना महामारीका कारण रोकिएको थियो।