दक्षिणमा भारतको विहार, उत्तरमा वागमती र प्रदेश १, पूर्वमा प्रदेश १ र पश्चिममा बागमति प्रदेश भू–भागमा फैलिएको आठवटा जिल्ला सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा समेटेर बनाइएको यस प्रदेशको जनसंख्या ४५ लाख ४ हजार १ सय ४५ छ भने कुल घरधुरी संख्या ९ लाख ३२ हजार ३ सय ८ छ । यो प्रदेश जनघनत्वका आधारमा सबैभन्दा बढी जनघनत्व भएको प्रदेशमा पर्दछ । यहाँको ४९.५४ प्रतिशत जनसंख्या शिक्षित छ भने सहरी जनसङ्ख्या ३०.५ प्रतिशत, आर्थिक रूपले सक्रिय जनसङ्ख्या ३१ प्रतिशत, औसत आयु ७०.४ वर्ष, बाल मृत्युदर ९ प्रतिहजार जीवित जन्ममा रहेको छ ।