प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा भद्र अवज्ञा गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलवार पनि इजलास बहिस्कार गरेका छन् । एउटा इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरे पनि अन्य न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका हुन् ।
सोमवारको छलफलमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने र प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीशले मंगलवार आफू सहितका १० इजलास गठन गरेका थिए । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेशीमा चढाउने गरिएकोमा आजदेखि सबैखाले मुद्द...