राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा

काठमाडौं, कार्तिक १७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार […]

सम्बन्धित सामग्री

मुद्दा सुनुवाइको विषयमा न्यायाधीशहरूको समूह नै विभाजित

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै एकै ठाउँमा उभिएका न्यायाधीशहरू विभाजित भएका छन् । न्यायालयमा देखिएको विवादका कारण २२ दिनदेखि न्याय सेवा ठप्प भएसँगै सोमबारबाट भने पाँच जना न्यायाधीशले ‘विद्रोह’ गरेका हुन् । आन्दोलनरत न्यायाधीशमध्ये पाँच जना नियमित इजलास फर्कने तयारीमा छन् । प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थप सशक्त बनाउन नेपाल बार, सर्वोच्च बार र न्यायाधीशहरूको छलफल बहिष्कार गरेका पाँच जना न्यायाधीश इजलास फर्कने मनस्थितिमा पुगेका हुन् । न्यायाधीशहरू तेजबहादुर के...

सर्वोच्च परिसरमा बारको आन्दोलन, रणनीति बनाउन न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।  प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चक...

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा उत्रने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । ‘हामीले प्रधानन्यायाधीशको सर्त पन...