प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि आफूबाहेकका ९ वटा इजलास गठन गरेका छन् । जबराले बुधबार ७ वटा संयुक्त इजलास र दुईवटा एकल इजलास गठन गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै न्यायाधीशहरूले लामो समयदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दा नहेर्ने गरेको भएपनि मंगलबारबाट केही न्यायाधीश नियमित इजलासमा फर्किएका थिए । १९ जना न्यायाधीशले न्यायपालिका शुद्धीकरणका लागि भन्दै तत्काल गोलाप्रथाबाट पेसी तोक्नुपर्ने र प्रधानन्यायाधीशले राजीनामा दिन