बसन्त पञ्चमीका दिन बुधबार तिनाउ गाउँपालिका–६ चिदिस र सिखरडाँडामा आफन्त जुटेर गाउँमा खानपिन, रमाईलो गर्ने योजनामा थिए । छिमेकी टोलसहितका भेला हुने, आफन्त बोलाएर मिठोमसिनो खुवाउने र नाचगान गर्ने योजना थियो । मंगलबार बसन्त पञ्चमी मनाउन आइरहेका आफन्तसहितको जीप दुर्घटनाले सिंगो गाउँ शोकमा डुबेको छ ।