भियतनाम र चिलीजस्ता ठूला कोइला प्रयोगकर्तासहित १९० राष्ट्र तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएका छन् । प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर नगरेका बेलायती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्व भएकोले सहमतिमा हस्ताक्षर गरेका राष्ट्रहरूले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरूले सन् २०३