प्राकृतिक वितण्डाको डरलाग्दो स्थिति

देशको खासगरी पहाड, मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुबान देशको लागि प्रमुख समस्याका रूपमा रहेको छ । यस वर्षको मनसुन भने गत जेठ २२ गते सुरु भएको थियो । उक्त मनसुन गत असोज २७ गतेसम्ममा सुरु भएको १ सय दिन पूरा भएको थियो । प्रत्येक वर्ष नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना […]

सम्बन्धित सामग्री

सङ्क्रान्ति शनिबार परेकाले महामारी देखा पर्ने, प्राकृतिक प्रकोप र विनाशको स्थिति

सङ्क्रान्ति शनिबार परेकाले महामारी रोगहरू देखा पर्नेछन् । राजनीति स्थिति मध्यम रहनेछ । उत्पादित वस्तुहरूको नोक्सानी बढ्नेछ ।

सङ्क्रान्ति शनिबार परेकाले महामारी देखा पर्ने, प्राकृतिक प्रकोप र विनाशको स्थिति

सङ्क्रान्ति शनिबार परेकाले महामारी रोगहरू देखा पर्नेछन् । राजनीति स्थिति मध्यम रहनेछ । उत्पादित वस्तुहरूको नोक्सानी बढ्नेछ ।

स्थिति सहज देखिएपछि हिउँचितुवालाई प्राकृतिक स्थानमै छोडिन्छ : विभाग

मोरङको उर्लाबारीमा भेटिएपछि राष्ट्रिय चिडियाखानामा पुर्‍याइएको हिउँचितुवाको स्वास्थ्य स्थितिको अनुगमनपछि प्राकृतिक वातावरणमा छोडिने भएको छ ।

जथाभावी डोजर चलाउँदा प्राकृतिक विपत्ति बढ्यो : गौतम

राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले विकास निर्माणका नाउँमा जथाभावी डोजर चलाउँदा देशभरि प्राकृतिक विपत्तिको सामना गर्नुपर्ने स्थिति बनेको बताएका छन् । उनले कुनै पनि विकास निर्माणको योजना बनाउनुअघि सम्बन्धित ठाउँको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने देखिएको बताए ।

मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउँदैन : प्रमुख आयुक्त थपलिया

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सिर्जना हुन नदिने गरी तयारी भइरहेको बताएका छन् । आइतबार झापाको बिर्तामोडमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी कार्यक्रममा उनले ठूलो प्राकृतिक विपत्तिबाहेक सुरक्षाका कारण वा अन्य कारणले पुनः मतदान गर्नुपर्ने अवस्था नआउने...

हजार व्यथाको एक उपचार : जिम्मेवार नेतृत्वका लागि पुकार

निरन्तर एकै ठाउँमा चक्कर काटिरहेको नेपाली राजनीतिका कारण जनताले निरन्तर अनेक  गलत, विवादास्पद र कष्टपूर्ण परिस्थितिबाट गुज्रिनुपरिरहेको छ । यसमा धेरैजसो सहने, टार्ने प्रयास हुन्छ। तर असह्य भएपछि विस्फोट वा विद्रोह हुन्छ ।काँशी जाने भन्दै कुतीतिर लगियो भने अबिलम्ब फर्किनैपर्छ जसरी औषधिले नहुने टुंगो लाग्नासाथ शल्यक्रिया गराउनैपर्छ । राष्ट्रिय जीवनमा यस्ता अप्ठ्यारा स्थिति आउँछन् खासगरी प्राकृतिक वा मानवीय कारणले । तर यी दुईमा तात्विक भिन्नता हुन्छ । मानवीय कारणमा मुख्य हुन्छ नेतृत्वको अकुशलत

“अहिले तदर्थ विशेष महाधिवेशन, फागुनपछि नियमित महाधिवेशन गरौं”

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले कोभिड महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपत्ति र क्रियाशील सदस्यता विवादका कारण पार्टीको तोकिएको मितिमा नियमित महाधिवेशन हुन नसकेको स्थितिमा तदर्थ विशेष महाधिवेशन उपयुक्त हुने बताएका छन् । भोलि अदालतमा पार्टीको वैधानिक अस्तित्वको प्रश्न उठ्न सक्ने स्थिति आउन दिन नहुने नेता केसीको धारणा छ । आगामी फागुनमा […]

प्राकृतिक वितण्डाको डरलाग्दो स्थिति : RajdhaniDaily.com

RajdhaniDaily.com | देशको खासगरी पहाड, मध्यपहाडी क्षेत्रमा जाने पहिरो र तराईमा अविरल वर्षापछि हुने डुबान देशका लागि प्रमुख समस्याका रूपमा रहेको छ । यस सालको मनसुन भने गत जेठ -

आर्थिक समृद्धिमा प्राकृतिक स्रोत संरक्षण

आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकुल असरसमेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रोजस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । विश्वमा बढ्दो घना बस्ती तथा कलकारखानाबाट उत्पादित हरितगृह ग्यास उत्सर्जनले गर्दा ओजोन तहमा प्वाल पर्न गई सूर्यका हानिकारक विकिरण पृथ्विको सतहमा प्रवेश गरी तापक्रम वृद्धि भएको छ । यही कारण हिम शृंखला पग्लने, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमीनको मरुभूमीकरण, बाढीपहिरो, विनाशकारी एवं बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबड हुँदै जाने परिणाम देखापर्छ ।  हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छाैं ।  वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्वयक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्छ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वनजंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।  वातावरण विनाशबाट विश्वमा नै खडेरी पर्ने सम्भाना छ । प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्न आजको आवश्यकता हो । यसै सिलसिलामा बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व जगत्मा नै सचेतना बढाउने उद्देश्यले सन् १९९५ जुन १७ तरीखमा विश्व समुदायले विश्व खडेरीविरुद्ध संघर्ष दिवस मनाउँदै आएका छन् । सन् २०२१ को विश्व खडेरीविरुद्ध संघर्ष दिवसचाहिँ खाद्यान्न सुरक्षा, आय अनि जीवनयापनमा केन्द्रित भई पैरवी गर्ने बताइएको छ । विश्वमा मानवीय क्रियाकलाप अनि प्रकृतिसँग निरन्तर अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्रकृतिले भोग्दै आएको समस्या हो । हाम्रो देशमा प्रकृतिमाथि भएको अविवेकी क्रियाकलापहरूबाट सृजित समस्या यहाँ प्रस्तुत गर्न सान्दर्भिक होला ।  सरकारले खानी तथा ढुंगा, गिट्टी, बालुवा निकासी गरी व्यापारघाटा घटाउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत योजना ल्याएको छ । सम्बद्ध निकायले ती ढुंगा, गिट्टी, बालुवा उत्खननका लागि पहिचान गरेको ९२ स्थानमध्ये धेरै स्थान चुरे क्षेत्र नजीक पर्ने भएकाले कालान्तरमा त्यसको कुप्रभावबाट वातावरण विनाश भई हाम्रो देशको अन्नको भण्डार तराई क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नेछ । यसबाट प्राकृतिक स्रोत माथिको दोहन बढ्दा पानीको स्रोत घटी पिउने तथा सिँचाइको पानीको अभाव भई खडेरी परी कृषि उपज उत्पादनमा ह्रास आउनेछ । यो त एक प्रतिनिधि घटना मात्र हो । माथि भनेजस्तै खडेरी वा मरुभूमीकरणको कुरा गर्दा प्राकृतिक स्रोतमा मानिसको अविवेकी प्रयोग नै एक्काइसौं शताब्दीमा प्राकृतिक स्रोत दोहनको मुख्य समस्या हो ।  खडेरीलाई प्राकृतिक असरका रूपमा पनि लिइन्छ । प्राकृतिक विनाशका कारण मौसममा व्यापक परिवर्तन भई भूमिमा उत्पादन घट्न गई भूमि क्रमशः अनुत्पादक भई खडेरी पर्न गई मरुभूमिमा परिणत हुँदै गरीबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश खडेरी र मरुभूमीकरण ढिलोचाँडो जोखिममा छ भने हाम्रो देशमा पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबाली भन्दा कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणको रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ । वास्तवमा कृषि उपज क्षेत्र घडेरीमा परिणत गर्दा हामीले बहादुरी सम्झन्छौं । तर, खेतबारीको कृषि उपजको भरमा हामी बाँचेको भने हामीले बुझेर पनि बुझ पचाइरहेका छौं । यथार्थ कुरा तीतो हुन्छ । तैपनि वास्तविक कुरा उल्लेख गर्नु नै पर्छ । भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषि प्रधान देश हो । यहाँ जैविक विविधता एवं प्राकृतिक छटाहरूको उद्गम स्थल रहेको छ । समुद्री सतहबाट ६०–८८४८ मिटर उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्नलायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ जसमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको करीब ३३ दशमलव ६ प्रतिशत योगदान रहेको छ ।  भूमाफिया र रियल इस्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको दुरुप्रयोग र भूउपयोगको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् । हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषि कार्यमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने आदि काम गरेर अन्न उत्पादन हुने उर्वरा भूमिको बलि चढाएका छौं । हामीलाई थाहा नै छैन माटो, पानी, आकाश, अग्नि र हावा पञ्चतŒव संरक्षण गर्नुपर्छ भन्ने कुरा । थाहा पाए पनि बुझ पचाइरहेका छौं । विश्व खडेरी विरुद्ध दिवसको नारा ‘हाम्रो जमीन, हाम्रो घर र हाम्रो भविष्य’ रहेको छ ।  अतः प्राकृतिक स्रोत विनाश नहुनेगरी उपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्ममा लागि खाद्य उत्पादनमा ध्यान दिनु साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ । जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्यकता हो । हरेक वर्ष जुन १७ मा मनाइने विश्व खडेरीविरुद्ध संघर्ष दिवसले सार्थकता पाउनेछ । डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।