एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले संसद भवनमा आक्रमणकारीहरुलाई घरेलु आतंकवादीको संज्ञा दिएका छन् । उनले संसद भवनमा आक्रमण गर्नेहरुमाथि मुद्दा चलाउने चेतावनी समेत दिएका छन् । उनले उक्त आक्रमण रोक्न असफल भएका अधिकारीहरुको जवाफदेहिता पनि तय गर्नुपर्ने बताए । पत्रकारहरुसँग कुरा गर्दै बाइडेनले डोनाल्ड ट्रम्प अमेरिकी इतिहासकै सबैभन्न्दा अयोग्य राष्ट्रपति भएको बताए । यद्यपि, उनले ट्रम्पमाथि महाअभियोग लगाउन किन नलगाउने भन्ने सवालमा कुनै जवाफ दिएनन् । पत्रकाररुसँगको कुराकानीका क्रम