ह्वाइट हाउसबाट निस्केर यस विलासी घरमा बस्दैछन् ट्रम्प

ह्वाइट हाउसबाट निस्केपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कहाँ बस्ने भन्ने विषयमा चर्चा चलिरहेको छ ।    वाशिङटनबाट बुधवार निस्केर ट्रम्प फ्लोरिडामा रहेको पाम बीच रिजोर्ट पुगे । तत्कालका लागि ट्रम्प रिजोर्ट होममा नै बस्नेछन् ।  बाइडनले शपथग्रहण लिएकै दिन आधिकारिक विमान एयर फोर्स वान चढेर ट्रम्प फ्लोरिडा पुगेका हुन् । ट्रम्पलाई स्वागत गर्न सयौं मानिस किनारमा उभिएका थिए ।  ट्रम्पले सन् २०२४ मा पुनः चुनाव लड्न सक्ने संकेत दिएका छन् । माथिल्लो सदन सिनेटमा उनीमाथि महाअभियोगको ट्रायल चलिरहेको छ । ट्राय...